arrow

पोर्चुगलका नेपाली क्वारेन्टाइनमा

logo
प्रकाशित २०७६ चैत ३ सोमबार
coronavirus-molecular.jpg

काठमाडौं ।  वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका नेपालीहरुमा कोरोना भाइरस सङ्क्रमणको आशंका गरिएको छ ।  कोरोना भाइरस सङ्क्रमणको आशंकामा ६० जना नेपालीलाई पोर्चुगलको क्वारेन्टाइनमा राखिएको छ ।

दक्षिणी पोर्चुगलको फारो शहरनजिकै नेपालीहरुको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेको थियो । नेपाली रहेको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेपछि उनीहरुलाई  क्वारेन्टाइनमा राखिएको हो ।

कृषि क्षेत्रमा काम गर्नका लागि वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका नेपालीहरुलाई संक्रमण देखा परेको हो । पोर्चुगलमा यसअघि ७४ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ