arrow

रोनाल्डोले ५० हेलिकोप्टर आउने मुल्यमा किनेको कार कस्तो छ ?

रोनाल्डोले २०२१ मा मात्र कार पाउने

logo
प्रकाशित २०७६ चैत ३ सोमबार
rolando1.jpg

काठमाडौं । मानिसको सम्पत्ति जति छ, त्यति नै उनीहरुको शोख पनि बढ्दै जान्छ । त्यसो त विश्वका धेरै खेलाडीहरुसँग महँगा कार छन् । तर, धेरैको मनमा उठ्ने गरेको प्रश्न संसारको सबैभन्दा महँगो कार कोसँग होला ?

सञ्चारमाध्यममा बताइएअनुसार पोर्चुगलका फुटबर स्टार क्रिस्टियानो रोनाल्डोले विश्वको सबैभन्दा महँगो कार बोइटुर नोइरे किने। बुगाटी कम्पनीले यो उत्पादन खरीद गर्ने मानिसको पहिचान भने सार्वजनिक गरेको छैन ।

तर, समाचारमा बताइएअनुसार रोनाल्डोदे यो कार २०२१ मा मात्र पाउनेछन् । यसको केही हिस्सालाई अन्तिम रुप दिन बाँकी रहेकोले उक्त समय लाग्नसक्ने देखिएको हो । यो कारको डिजाइन सन् १८३६ र १९३८ मा बनेको थियो । यो कार टाइप ५७ एससी एटलान्टिकको जस्तो मोडल रहेको छ ।

 विश्वको सबैभन्दा महँगो कारमा ८ लिटर टर्बोचाज्र्ड–१६ इन्जिन छ । यसको रफ्तार प्रतिघण्टा २ सय ६० माइलको छ । अहिले रोनाल्डोसँग मर्सिडिज सी क्लास स्पोर्ट कूप, लेम्बर्गिनी एवेँटाडोर एलपी ७००–४ एस्टन मार्टिन, उन फरारी ५९९ जीटीओ, बेन्टले कान्टिनेन्टल जीटीसी स्पिड मेक्लोरेन एमपी ४१२ सी र रोल्स रोयस फेन्टम जस्ता कार छन् ।

विश्वको सबैभन्दा महँगो कार बुगाटी ला बोइतूर नोइरेको मूल्य १ करोड १० लाख युरो तोकिएको छ । यो मूल्यमा ५० ओटा रोबिन्स आर–२२ हेलिकोप्टर खरीद गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ