arrow

जीपी–उषाको सम्बन्ध–विच्छेद !

logo
प्रकाशित २०७६ चैत ३ सोमबार
gp-usha-final.jpg

काठमाडौं । सञ्चारकर्मी जीपी तिमिल्सिना र पूर्व मिस नेपाल उषा खड्गीबीचको सम्बन्ध सकिएको छ । लामो समयदेखि चिसिएको सम्बन्ध अन्ततः विच्छेदमा परिणत भएको हो ।

अन्तरजातीय प्रेम विवाह गरेका दुईबीचको सम्बन्धले वियोगको स्थिति ल्याएको हो । 

उषाले सामाजिक संजालमार्फत डिभोर्सको जानकारी गराएकी हुन् । उनले फेसबुकमा जीपीलाई दोष दिँदै सम्बन्ध विच्छेदको कुरो निकालेकी हुन् । 

उनले १७ वर्षसम्मको वैवाहिक सम्बन्धपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिने आधार नभएको उल्लेख गरेकी छिन् ।

उनले त्यो सम्बन्ध अगाडि बढाउन असमर्थ भएको जनाउँदै ‘नो’ भनेकी छिन् । 

उनले आफू र आफ्ना सन्तानको अधिकारका लागि लड्ने पनि जनाएकी छिन् । अर्थात् उनका सन्तानहरु उनीसंगै छन् । उनीहरुका एक छोरा र एक छोरी छन् ।

उनले गत फागुन ३० गतेमात्रै केटाकेटीहरु भगवानका सबैभन्दा उत्तम उपहार भएको भन्दै आफ्ना छोराछोरीसहितको तस्वीर फेसबुकमा पोष्ट गरेका थिए । 

एक स्रोतका अनुसार उषाले अर्कै एक जनासंग सम्बन्ध बढाउन चाहेका कारण जीपीसंगको सम्बन्ध चिसिएको हो । 

जीपीले सम्बन्धको चर्चालाई बाहिर ल्याउन नचाहे पनि उषाले बाहिर ल्याएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ