arrow

तीन जिल्लामा नयाँ विद्यालयको भवन बनाउन भारतको आर्थिक सहयोग 

logo
प्रकाशित २०७६ चैत ३ सोमबार
89750909_243300880161846_65.jpg

काठमाडौं । नेपालका दार्चुला, धनुषा र कपिलवस्तु जिल्लामा तीन नयाँविद्यालय भवन निर्माणका लागि भारत सरकारले आर्थिक सहयोग गर्ने भएको छ । 

भारत सरकारले १०७.०१ मिलियन रुपैयाँ सहयोग गर्ने भएको हो । काठमाडौंस्थित भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुला जिल्लाको धापस्थित श्री मालिकार्जुन उच्च माध्यमिक विद्यालय र धनुषा जिल्लाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणका लागि महाकाली नगरपालिका, दाचुर्ला र मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषासँग छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत यी दुई विद्यालयहरुको निर्माण कूल ने.रु. ७३.९६ मिलियनको लागतमा हुने भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

श्री मालिकार्जुन उच्च माध्यमिक विद्यालय ने.रु. २९.६४ मिलियनको लागतमा निर्माण हुनेछ भने वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणका ने.रु.४४.३२ मिलियन छुट्याइएको छ ।

यी विद्यालयहरुको निर्माणका लागि आर्थिक सहयोगको जिम्मा भारत सरकारले लिएको छ भने बोलपत्र आव्हान, कार्य हस्तान्तरण, दैनिक निरीक्षण लगायतका निर्माण कार्य नेपाल सरकारले कार्यान्वयन निकायका रुपमा तोकेका महाकाली नगरपालिका, दाचुर्ला एवम् मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषाले गर्नेछन् । 

यस परियोजनालाई सङ्घीय तहमा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासले अनुगमन गर्ने पनि विज्ञप्तिमा जनाइएको छ । 

यी दुई विद्यालय बाहेक कपिलवस्तु जिल्लाको महाराजगङ्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवनको निर्माणका लागि भारत सरकारले ने.रु. ३३.०५ मिलियन आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

कूल रकमको पहिलो किस्ता स्वरुप भारतीय राजदूतावासले महाराजगङ्ज महानगरपालिकाका मेयरको उपस्थितिमा ने.रु. ८.२६ मिलियनको चेक जिल्ला समन्वय समिति कपिलवस्तुलाई हस्तान्तरण गरेको छ ।

जिल्ला समन्वय समितिले सम्पूर्ण टेन्डर प्रक्रिया सम्पन्न गरी विद्यालय भवन निमार्ण कार्यको जिम्मा एम–एस दया निर्माण सेवा रुपन्देहीलाई हस्तान्तरण गरेको छ ।

भारत सरकारले शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा खुशी व्यक्त गरेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ