arrow

पेट्रोलियम पदार्थको भाउ थोरै घट्यो सरकारले धेरै लुट्यो 

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा  प्रतिलिटर दुई रुपैँया घटाएको छ । 

आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया ५० पैसा घटाएको छ । 

पेट्रयोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार सोमबार रातिदेखि लागू हुने गरी उक्त मूल्य घटाइएको निगमद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

निगमका अनुसार, काठमाडौँमा पेट्रोलका खुद्रा बिक्री मूल्य रु १०६ तथा डिजेल र मट्टीतेलको मूल्य रु९५ प्रतिलिटर कायम गरिएको छ । 

पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनीकरण गर्न देशैभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर ४ रुपैँया ५० पैसा घटाएको जनाइएको छ ।

निगमका अनुसार हवाई इन्धन प्रतिलिटर रु ९० कायम हुनेछ ।

सरकारले धेरै लुट्यो
सोमबार आयल निगमले इन्धनको भाउमा दुई रुपैयाँ घटाए पनि त्यो केवल ९ प्रतिशतमात्र घटेको हो । 

जबकि तेलको अन्तर्राष्ट्रिय मूल्य ६८ प्रतिशतले घटेको छ । अन्तर्राष्ट्रिय आयल कर्पोरेशनले सोमबार मात्रै ७ रुपैयाँ ७२ पैसा घटाएर पेट्रोल नेपाल पठाएको थियो ।

यसरी रकम घटाएर पठाउँदा समेत पनि आयल निगमले केबल दुई रुपैयाँ मात्र घटायो ।

यही अनुपातमा बिक्री हुँदा मासिक दुई अर्ब रुपैयाँ सरकारले नाफा कमाएको छ । 

र पनि सरकारले तेलको भण्डार योजना पूरा गरेको छैन । 

केपी शर्मा ओली नेतृत्वको सरकारले केवल जनता लुट्ने शैली अपनाएको त हैन ? भन्ने प्रश्न उठेको छ । 

जनताले आफू लुटिँदासमेत चुप लागेको आफ्नो दैनिकीमा लाग्न वाध्य छन् । आफ्ना लागि बोल्न नसक्ने नागरिक कहिले जाग्छ भन्ने प्रश्न पनि उत्तिकै गम्भीर बनेको छ । 

तेलको हाहाकार देखाउँदै
तेलको भाउ सोमबार राति १२ बजेदेखि घटे पनि अभाव देखाउँदै अप्रत्यक्ष कालोबजारी भएको छ । 

काठमाडौं उपत्यकामा तेलको अभाव देखाउँदै घण्टौं लाइनमा बसेर सोमबार बिहानैदेखि तेलको लाइनमा उपभोक्ता बसिरहेका थिए । 

यसलाई समेत सरकारले बेवास्ता गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ