arrow

स्पेनी फुटबल प्रशिक्षक गार्सियाको कोरोना संक्रमणबाट मृत्यु 

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
garcia-killed-corona.jpg

काठमाडौं । कोरोना भाइरसले विश्वभर ६ हजार ६ सय २४ जनाको मृत्यु भइसकेको अवस्थामा त्यसमध्ये स्पेनी फुटबल प्रशिक्षक पनि परेका छन् । 

२१ बर्षिय फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो । कोरोनाका कारण मृत्यु हुने उनी विश्वकै कान्छो युवा उमेरका व्यक्ति भएको समेत बताइएको छ । 

गार्सियाले मालागामा रहेको एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमलाई प्रशिक्षण दिँदै आएका थिए ।

अस्पतालमा लग्ने बित्तिकै चिकित्सकले उनमा ब्लड क्यान्सर भएको पत्ता लगाएका थिए । 

चिकित्सकले ब्लड क्यान्सर नभएको अवस्थामा उनलाई बचाउन सकिने बताएका थिए । 

तर ब्लड क्यान्सरले थलिएका उनलाई कोरोना लाग्नासाथ ज्यान गएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ