- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको असरका कारण भारतभर सम्पूर्ण क्रिकेटका कार्यक्रम स्थगित भएका छन् ।
कोरोनका कारण सबै खेल स्थगित गरेको भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आफ्नो कार्यालय अनिश्चितकालका लागि बन्द गरेको छ ।
मुम्बईमा रहेको बीसीसीआईको मुख्यालयले सबै कर्मचारीलाई मङ्गलबारदेखि अनिश्चितकालका लागि बिदा दिएको हो ।
उसले सबै कर्मचारीलाई कार्यालय नआउन आग्रह गर्दै घरबाटै काम गर्न भनेको छ ।
इन्डियन प्रिमियर लिग आइपीएल समेत नहुने भएपछि भने विश्व क्रिकेटमै ठूलो घाटा लागेको छ ।
आइपीएल सर्वाधिक व्यवसायिक टी–२० क्रिकेट लिग हो ।