arrow

शोएब अख्तरको आरोप : चीनको खाने बानीको कारण कोरोनाको प्रकोप

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
shoaib-akhtkar-pak-cricketer.jpg

इस्लामाबाद। कोरोना भाइरसबाट बिश्व त्रसित भएको अवस्थामा पाकिस्तानले सरकार चीनसंगको रणनीतिक पक्षमा उभिएको देखाउन चीनमा भएका आफ्ना विद्यार्थीहरूलाई प्रकोपको केन्द्र वुहानबाट बाहिर निकाल्न कुनै प्रयास गरेन। पाकिस्तानको यो व्यवहारबाट दक्षिण एसियाली देशका नागरिकहरू खुशी देखिएनन्। खुशी नहुनेमा रावलपिन्डी एक्सप्रेसका नामले परिचित पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तर पनि छन्।

चिनियाँहरुको खाने बानीले गर्दा विश्वव्यापी रुपमा कोरोनाको संकट देखिएको अख्तरले आरोप लगाएका छन्। कोरोना भाइरसका कारण पाकिस्तान सुपर लीग (पीएसएल) तथा इन्डियन प्रीमियर लीग (आईपीएल) स्थगित हुँदा दुवै राष्ट्रलाई ठूलो आर्थिक नोक्सानी भएको उनले बताए। अख्तरले भने, 'आतंकवाद भन्दा कोरोनाका कारण मानिसहरु अझ धेरै डराएका छन्।'

युट्यूब च्यानलको माध्यमबाट भाइरसको फैलावटमा निराशा व्यक्त गर्दै अख्तरले भने, "जब भगवानले तपाईंलाई धेरै पशुधनहरू दिनुभएको छ भने तपाईं किन त्यो खान सक्नुहुन्न ? किन चमेरा, बिरालो र कुकुर खानुपर्दछ, तिनीहरूको पिशाब र रगत पिउनुहुन्छ अनि सारा विश्वमा भाइरस फैलाउनुहुन्छ ? मैले बुझिन, म रिसाएको छु। उनीहरूले सम्पूर्ण विश्वलाई जोखिममा हालेका छन्।" उनले भने, 'विश्वव्यापी स्वास्थ्य अवस्था र आर्थिक नोक्सानीको बारेमा म चिन्तित छु।'

पीएसएल र आईपीएलमा परेको असरका बारेमा अख्तर सबैभन्दा बढी चिन्ताजनक ठान्छन्। 'क्रिकेटको रौनक धरै बर्षपछि पाकिस्तानमा फर्किदै थियो र अब यो नयाँ संकटका कारण फेरी क्रिकेट बन्द ढोका पछाडि बस्न बाध्य हुनेछ। विदेशका खेलाडीहरू आफ्नो देश फर्कनु पर्छ। हामी खेलाडीहरु धेरै दुखी छौं। र हामीले त्यो सबै रोक्नुपर्दछ, किन ? किनकी केही वुहानका मान्छे चमेरो र तिनको पिसाब पिउन मन पराउछन् ?' 

शोएब अख्तरले स्पष्ट पार्दै भने, 'म चिनियाँ जनताको बिरूद्ध छैन तर चिनियाँहरूले आफैंले नराम्रो काम मात्र गरेनन् अरुको लागि पनि खतरा सिर्जना गरेका छन्। उनले चिन्ता व्यक्त गर्दै भने, 'भारत जस्तो जनसंख्या धेरै भएको मुलुकमा यो भाइरस कती विनाशकारी हुन सक्छ ?' कोभिड–१९ बाट हालसम्म विश्व भरमा ६ हजार भन्दा बढी मृत्यु भएको बताइएको छ भने एक लाख ७० भन्दा बढी मानिसहरु संक्रमित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ