arrow

प्रदेश–२ को राजधानी र नाम तोक्न  मतदान 

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
province-2-pradesh-parlinment.jpg

जनकपुरधाम । प्रदेश–२ को स्थायी राजधानी र नाम तोक्नका लागि मंगलबार प्रदेशसभा बैठकमा मतदान हुँदैछ ।

लामो समयदेखि स्थायी राजधानी र नामका विषयलाई लिएर दलहरुबीच छलफल चले पनि सहमित जुट्न नसकेपछि मतदानबाटै टुंगो लाग्न लागेको हो । 

मंगलबार बिहान ८ बजे नै बैठकमा सहभागीता जनाउन प्रदेशसभा सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सभामुखले रुलिंग गरेका छन् ।

विभिन्न दलका प्रतिनिधि सम्मिलित समितिले जनकपुरधामलाई स्थायी राजधानी तोक्न सर्वसम्मतले निर्णय गरे पनि नामाकरणमा भने सहमति जुट्न सकेको छैन ।

प्रदेशको नामकरणको लागि सत्तापक्ष पार्टी समाजवादी र राजपा नेपालले ‘मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘जानकी’ र प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘मिथिला’प्रस्ताव गरेका छन् ।

नामकरण सम्बन्धमा सत्तापक्षको अडान कायम रहेपछि गणितीय हिसाबले दुई तिहाइ पुग्ने सम्भावना न्यून देखिएको छ ।

नामकरण र राजधानीको प्रस्ताव पारित गराउन दुई तिहाइ मत आवश्यक हुन्छ । 

कति छन् कुन दलका सांसद ? 
प्रदेश २ मा कुनै पनि दलको बहुमत छैन । नेकपाका ३२, सत्तारुढ दल समाजवादी पार्टी नेपालका ३०, सत्तारुढ राजपा नेपालका २५, प्रतिपक्षी नेपाली कांग्रेसका १९ र नेपाल संघिय समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य छन् । 

यो समीकरण अनुसार ७१ मत अर्थात् दुई तिहाइको संख्या पुर्याउन समस्या देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ