arrow

'जानकी'मा नेकपाद्वार ह्वीप जारी, समाजवादी र राजपासँग स्पष्ट बहुमत

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार

जनकपुर ।  ने प्रदेश नम्बर दुईको प्रदेशसभा बैठकले प्रदेशको राजधानी र नामबारे निर्णय गर्देछ । प्रदेशसभा बैठकले निर्वाचन अधिकृतमा प्रदेशसभा सचिवालयका उपसचिव अरुणकुमार झालाई तोकेको छ  प्रदेश दुईका सांसदहरुले प्रदेशको राजधानी र नामको बारेमा फरक फरक मत दिएपछि बहुमत हेतु गोप्य मतदान प्रक्रिया अपनाइएको छ । अहिले गोप्य मतदान भइसकेको छ भने केही घण्टामै अन्तिम नाम र राजधानी तय हुनेछ ।

प्रदेश नम्बर दुईको बसेको प्रदेश सभामा सभामुख सरोज कुमार यादवले विभिन्न दलले पेश गरेको नामको प्रस्ताव र राजधानीको प्रस्तावको लागि मौका दिएका थिए । बैठकले प्रदेशको नाम सम्बन्धी प्रस्तावमध्ये ‘जानकी’लाई पहिलो प्रस्तावका रुपमा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट सांसद रामकुमार यादवले जानकी नाम प्रस्ताव गरेका थिए ।

प्रदेश सभामा १०७ जना सांसद छन् । सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छन् । नाम र राजधानी प्रदेश सभाको दुइतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था रहेको  छ । समाजवादी र राजपासँग स्पष्ट बहुमत भएपनि दुईतिहाइ पुर्‍याउन कांग्रेस वा नेकपाको समर्थन जरुरी छ । हालसम्म दलहरूबीच समीकरण बनेको छैन ।

प्रदेशसभा बैठकबाट दुईवटा संशोधन प्रस्ताव फिर्ता लिइएको छ । नेकपा सांसद रामचन्द्र मण्डलले राखेको ‘मिथिला भोजपुरा मधेश प्रदेश’ प्रस्ताव र नेकपा सांसद किशोरी शाह कमलले राजधानी सम्बन्धी दर्ता गरेको प्रस्ताव प्रदेशसभा बैठकमा फिर्ता लिइएको छ ।

नेकपाले नामका सन्दर्भमा पार्टीको आधिकारिक निर्णयमा मतदान गर्न ह्वीप जारी गरेको छ । नेकपाले जानकी प्रदेश नामका पक्षमा उभिने निर्णय गरेको छ । राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव रहेको छ । नामबारे फरक–फरक धारणा  रहेको छ । 

नेकपाले जानकी प्रदेश नाम राख्न प्रस्ताव गरेको छ भने  नेपाली कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेका छन् ,येता राजपा र समाजवादी पार्टीले मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ