arrow

प्रदेश दुई : नेकपाको 'जानकी'को विपक्षमा ७०, पक्षमा ३७ मत

प्रदेशको नाम जानकी राख्न चुक्यो नेकपा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ चैत ४ मंगलबार
election1.JPG

जनकपुर । प्रदेश नम्बर दुईको प्रदेश सभामा भएको मतदानमा १०७ प्रदेशसभा सदस्यमध्ये जानकीको पक्षमा ३७ मत मात्रै खसेको छ । मंगलवार प्रदेश सभामा प्रदेशको नाम र राजधानीबारे मतदान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर दुईमा प्रदेशको नाम जानकी राख्न गरेको प्रस्ताव प्रदेश सभामा असफल भएको छ ।

प्रदेश सभामा नेकपाका सांसद ३२ जना भएपनि उसको प्रस्तावको पक्षमा थप ५ मतसहित ३७ मत परे पनि नेकपाको प्रस्ताव संसदमा असफल भएको छ। प्रदेशको नाम पारित हुन संसदमा दुईतिहाइ बहुमत प्राप्त हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। जानकीको विपक्षमा ७० मत परेको छ ।

अब नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा प्रदेशलाई निर्णयार्थ प्रस्तुत गरिने भएको छ । मंगलवार प्रदेश सभामा प्रदेशको नाम र राजधानीबारे मतदान भइरहेको छ ।

नाम र राजधानी प्रदेश सभाको दुइतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था रहेका छ । समाजवादी र राजपासँग स्पष्ट बहुमत भएपनि दुईतिहाइ पुर्‍याउन कांग्रेस वा नेकपाको समर्थन जरुरी रहेकोे छ । हालसम्म दलहरूबीच समीकरण बनेको छैन ।

प्रदेश सभामा १०७ जना सांसद रहेका छन् । सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा नेपाल २५, नेकपा ३२,नेपाली कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छन् ।

राजपा र समाजवादी पार्टीले मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् भने राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ