arrow

नेकपा र कांग्रेस असफल, समाजवादी र राजपाले संयुक्त प्रस्ताव ल्याउदै

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
province-2-pradesh-parlinment.jpg

जनकपुर ।  प्रदेश नम्बर दुईको नामाकरणको लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस असफल भएका छन् । नेकपाले प्रस्ताव गरेको 'जानकी' र कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’ र अस्वीकृत भएपछि समाजवादी पार्टी र राजपाले संयुक्त प्रस्ताव ल्याउदै छन् ।  राजपा र समाजवादी पार्टीले 'मधेश' प्रदेश राख्न प्रस्ताव गरेका छन् ।

समाजवादी पार्टी र राजपाले ल्याएको संयुक्त प्रस्ताव ‘मधेश’ को लागि मतदान हुने प्रदेशसभा सचिवालयले जानकारी दिएका छन् । प्रदेश सभामा १०७ जना सांसद छन् । जसमा समाजवादी पार्टीका ३०, राजपा २५ रहेको छ ।  नाम र राजधानी प्रदेश सभाको दुइतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था रहेको  छ । १ सय ७ सदस्य रहेको प्रदेशसभाको दुई तिहाई अर्थात कम्तीमा ७२ जनाको मत पाउने प्रस्ताव मात्र पारित हुनेछ ।

समाजवादी र राजपासँग स्पष्ट बहुमत भएपनि दुईतिहाइ पुर्‍याउन कांग्रेस वा नेकपाको समर्थन जरुरी छ । हालसम्म दलहरूबीच समीकरण बनेको छैन ।

नेकपाले प्रस्ताव गरेको 'जानकी'को पक्षमा ३७ मत मात्रै खसेको थियो । प्रदेश सभामा नेकपाका सांसद ३२ जना भएपनि उसको प्रस्तावको पक्षमा थप ५ मतसहित ३७ मत परेको हो । जानकीको विपक्षमा ७० मत परेको थियो ।

नेपाली कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’ प्रदेशको प्रस्तावको पक्षमा २८ मत परको थियो । प्रदेशसभामा कांग्रेसका जम्मा १९ सांसद छन् । यस आधारमा कांग्रेसले ल्याएको उक्त प्रस्तावको पक्षमा कांग्रेस बाहेक थप ९ जनाले मतदान गरेका हुन् ।

राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा भने नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ