arrow

प्रदेश दुई : साहले पेश गरेको प्रस्ताव ‘मध्य मधेश’ पनि अस्वीकृत

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
pradesh-23.jpg

जनकपुर । प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रस्ताव गरिएको विभिन्न नाम मध्ये प्रतिपक्षी दललाईपछि पार्दै असन्तुष्ट सांसदहरुको 'मध्य मधेश'ले ४२ मत ल्याएको छ । 'जानकी’, ‘मिथिला–भोजपुरा’ अस्वीकृतपछि नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले पेश गरेको प्रस्ताव ‘मध्य–मधेश’ पनि अस्वीकृत भएको छ ।

यसभन्दा अगाडी नेकपा सांसद रामकुमार यादव र कांग्रेस सांसद नरेश कुमार यादवले पेश गरेको प्रदेशको नाम अस्वीकृत भएपछि कांग्रेसकै अर्का सांसद साहले पेश गरेको नाम पनि अस्वीकृत भएको हो  । ‘मध्य–मधेश’ जम्मा ४२ मत खसेसँगै अस्वीकृत भयो ।

प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ र कांग्रेसको मिथिला भोजपुराको पक्षमा २८ मत खसेको थियो । तीनवटै प्रस्तावमा दुई तिहाई मत नपुगेपछि स्वतः अस्वीकृत भएको छ ।

अब सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को संयुक्त प्रस्ताव रहेको मधेश प्रदेशमा मतदा जारी रहेको हो । निर्वाचन प्रक्रिया अनुसार प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशबाट मतदान शुरु हुँदै मिथिला भोजपुरा र मध्य मधेश प्रदेशको नाममा मतदान भएको छ ।

नामाकरणका लागि प्रतिपक्षी नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सत्तापक्ष तथा कांग्रेसका असन्तुष्टहरु सांसदहरुले मध्य मधेश र सत्तारुढ समाजवादी तथा राजपाले संयुक्त रुपमा मधेश प्रदेश प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेश सभाका सभामुख सरोजकुमार यादव,  उपसभामुख उपमा देव, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सहित क्रमशः अन्य मन्त्री र सांसदहरुले मतदान गरिरहेका छन ।

प्रदेश नम्बर दुई मा १ सय ७ सांसद रहेकोमा संघीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, कांग्रेसका १९ सांसद रहेका छन् ।

नामाकरण मतदान सकिए लगतै स्थायी राजधानीका लागि मतदान हुनेछ । निर्वाचन प्रक्रिया अनुसार जुन नाम र स्थायी राजधानीमा दुई तिहाई अर्थात ७२ मत आउँछ त्यही सदर हुनेछ । कुनैपनि प्रस्तावमा दुई तिहाई मत आएन भने पुनः अर्को चरणको प्रक्रियामा जानेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ