arrow

डिक्सन्स कारफोनद्वारा करिब तीन हजार कर्मचारी कटौती गर्ने

logo
एएफपी,
प्रकाशित २०७६ चैत ४ मंगलबार
carphone-warehouse-mobile.jpg

लण्डन। बेलायतको मोबाइल फोनको प्रसिद्ध विक्रेता, डिक्सन्स कारफोनले ‘उपभोक्ताको व्यवहार’लाई जिम्मेवार देखाउँदै उसले सञ्चालनमा ल्याएका मोबाइल फोनको खुद्रा विक्री पसललाई बन्द गर्ने र यसका कारण करिब दुई हजार ९०० रोजगारीका अवसर कटौती हुने बताएको छ।

कम्पनीले आफ्नो कारोबार प्रभावित हुनुमा ग्राहकको समय अनुसारको छनौट र कोरोना भाइरसकोण प्रभाव रोजगारी कटौतीको आधार भएको जनाएको छ।

सन् २०१४ मा विद्युतीय सामानको खुद्रा विक्रेता डिक्सन्स र मोबाइल टेलिकम समूह कारफोन वेरहाउसलाई मिलाएर डिक्सन्स कारफोन कम्पनी बनाएको थियो। कम्पनीले अप्रिल ३ पछि सबै ५३१ मोबाइल स्टोरहरूलाई बन्द गर्ने बताएको छ।

यो समूहले आगामी दिनमा मोबाइल फोनको अनलाईन वितरक ३०५ करीस पीसी वर्ड शाखाहरूबाट मोबाइल फोन तथा अन्य उत्पादनहरूलाई विक्री गर्ने बताएको छ।

मोबाइल फोन शाखामा रहेको घाटा व्यवस्थापन गर्न र कम्पनीलाई लाभ हुनेगरी नयाँ निर्णय लिन लागेको बताएको छ। समूहले यस वर्ष नौ करोड पाउण्डस्टर्लिङ (करिब १० करोड ९० लाख अमेरिकी डलर बराबर) को क्षति व्यहोर्ने अनुमानपछि उक्त कदम चालेको बताइएको छ।

ग्राहकहरूले मोबाइल उपकरण र कनेक्टिभिटी किन्ने तरिका परिवर्तन गर्दैछन्। उनीहरूले मोबाइल सेटहरू प्रायः प्रतिस्थापन गरेपछि अर्को किन्ने क्रममा पछिल्लो समय अनलाइन सेवाबाट लिने क्रम बढेपछि कम्पनीले पसलहरूलाई राख्नु घाटाको व्यापार गर्नुजस्तो भएकोले कम्पनीले पछिल्लो निर्णय लिएको हो।

यसबाट प्रत्यक्ष करिब तीन हजार व्यक्तिले रोजगारी गुमाउनेछन् भने अन्य एक हजार ८०० कर्मचारीलाई पनि निर्णयले प्रभावित तुल्याउने बताइएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ