arrow

पेट्रोलियम पदार्थको अभाव छैन, अनावश्यक स्टोरेज नगरौं : कार्यकारी निर्देशक पौडेल

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
surendra-kumar-poudel-noc.jpg

काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध (रेस्ट्रिक्शन) नभएको स्पष्ट पारेका छन् । उनले भने,‘पाईपलाईनबाट पनि पेट्रोलियम पदार्थ आईरहेको छ । अहिले हामीले सप्लाईमा बढि ध्यान दिएका छौं।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक पौडेलले आफूहरुले डिमाण्ड र सप्लाईको आवश्यकत्ता पूरा गरिरहेको सुनाए । उनले भने,‘हामी अहिले यही कुरामा बढि फोकस छौं ।’ उनले पेट्रोलियम पदार्थको पछिल्लो डाटा र स्टेस्टिक्स हेर्दा व्यापारीहरुले पनि किन्न कुनै कञ्जुस्याँई गरेको देखिएन् । एकाध, दुईले मुल्यको समायोजनले गर्दा नकिनेका होलान् ।’

आयोजित साक्षात्कारमा बोल्दै उनले भैरहवाबाट पनि तेल ल्याउन आफुहरुले निर्देशन दिएको सुनाए। उनले अहिले सबै पेट्रोल पम्पमा तेल पुग्ने क्रममा रहेको पनि सुनाए। उनले भने,‘आम उपभोक्ताहरुले भेहिकलमा राख्नुहोस्। तर, धेरै स्टोरेज नगरौं।’ उनले पेट्रोलियम पदार्थको माग पूर्तिमा कुनै समस्या नभएको स्पष्ट पारे। उनले अहिले बजारमा भएको आम मागको ५ देखि १० प्रतिशत थपेर नै आफूहरुले भारतबाट आपूर्ति गरिरहेको जनाए। उनले आयल निगमले ६७ हजार किलोलिटरको भण्डारण क्षमतामा ५३ हजार किलोलिटर भण्डारण गरिसकेको सुनाउँदै यो भनेको ८० प्रतिशत भण्डारण भएको स्पष्ट पारे। 

त्यस्तै, उनले ग्याँसको सवालमा अहिले देखिएको समस्या आवश्यकभन्दा बढि सिलिण्डर स्टोरेज गर्नुनै प्रमुख कारण भएको स्पष्ट पारे। उनले भने,‘यो महिना चाहिएको ग्याँस ३८ हजार मेट्रिक टन हो, हामीले भारतसँग ४५ हजार टनको अर्डर पठाएका छौं। अहिले बजारमा २८ लाख सिलिण्डर रहेका छन्। हामीले ३५ लाख मगाएका छौं। यो भनेको ७ लाख लाख बढि हो ।’ उनले नेपाल ग्याँसको सिलिण्डर अत्यधिक बढि भएको सुनाउँदै अहिले एक्कासी यो कम्पनीको सिलिण्डिर बजारमा आएकोले समस्या देखिएको सुनाए । उनले भने,‘नेपाल ग्याँस त आयल निगमभन्दापनि जेठो हो ।’

नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्याँसको कुनै समस्या नभएको जिकिर गरे । तर, अहिले देखिएको समस्या उपभोक्ताहरुले आवश्यकभन्दा बढि स्टकमा राख्नुलाई नै उनले प्रमुख कारण देखाएका छन् । उनले भने,‘यो समस्या समाधान गर्ने भनेको आपूर्ति नै हो । स्टक गर्ने ट्रेण्ड हटाउनुपर्छ ।’

उनले दैनिक एक लाख सिलिण्डर देशभरि खपत हुँदै आएको डाटा सुनाउँदै अहिले त्यतिनै मात्रामा आपूर्ति भैरहेकोले कुनै समस्या नहुने जिकिर गरे । उनले भने,‘आवश्यकत्ताभन्दा बढि आपूर्ति नगरौं, यसो गर्न सकियो भने अहिलेको समस्या आफैं समाधान हुन्छ ।’ उनले भारतबाट समयमै ढुवानी भैरहेको र कुनै असर नपरेको पनि स्पष्ट पारे । 

भण्डारीले काठमाडौं उपत्यकामा मात्रै दैनिक ४० देखि ५० हजार सिलिण्डिरको खपत हुने गरेको सुनाए  । उनले भने,‘अहिले ३८ वटा उद्योग (डिलर) ले सेवा दिईरहनुभएको छ ।’ उनले कुन डिलरबाट कति ग्याँसल वितरण भएको छ? भन्नेबारे आफूहरुले संस्थाको वेबसाईटमै आधिकारिक रुपमा अपडेट गर्न लागेको पनि सुनाए । 

उनले ग्याँसको सामान्य र नियमित खपतमा कुनै समस्या नभएको जिकिर गरे । उनले भने,‘आवश्यकत्ताभन्दा बढि होल्ड नगरौं, सुरक्षाको दृष्टिकोणले पनि राम्रो होईन्।’ उनले नियमित ग्याँस आईरहेकोले नआँत्तिन समे आम उपभोक्तालाई आग्रह गरे । उनले थपे,‘ग्याँस आपूर्तिको लागि बोर्डरमा समेत कुनै समस्या छैन् ।’
उनले ग्याँस लुकाउने कुरै नहुने भन्दै गलत गर्नेलाई पनि कारबाही गर्नुपर्ने बताए । उनले भने,‘हामीले पनि गलत गर्नेलाई कारबाही गर्न सरकारलाई सहयोग पुर्याउँछौं ।’

पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले भारतबाट अहिले ७ वटा नाकाबाट पेट्रोलियम पदार्थ आपूर्ति भैरहेको सुनाउँदै बजारमा कुनै अभाव नभएको स्पष्ट पारेका छन् । उनले भने,‘कुनै दिनपनि आपूर्ति रोकिएको छैन् ।’ उनले आफूहरुसँग भएका ट्यांकरलाई समेत भण्डारणको लागि प्रयोग गर्नुपर्ने सुनाए । निगमको भण्डारण क्षमताले ७ दिनको लागि मात्रै पुग्ने बताउँदै भण्डारण क्षमता अझै बढाउनुपर्नेमा उनको जोड थियो । 

बोहोराले अहिले पेट्रोलियम पदार्थको कुनै भयावह अवस्था नभएको समेत जिकिर गरे । तर, निगमले समयमै मूल्य समायोजन नगर्दा अहिले दुई चार दिन समस्या देखिएको उनले तर्क गरे । उनले भने,‘निगमले मूल्य समायोजनमा ढिलाई गरेकै हो, कालोबजारी गर्ने ठाउँ छैन् । मूल्य घट्छ कि भनेर केही व्यापारी साथीहरुले तेल नउठाएको हुनसक्छ ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आफूहरुले अहिले विदाको दिनमा पनि बजार अनुगमन गरेको र लापरवाही गर्नेलाई अन द स्पट कारबाही गरिएको स्पष्ट पारेका छन् । उनले भने,‘एकीकृत रुपमा हामीले अनुगमनलाई अघि बढाएका छौं ।’ कालोबजारी गर्नेहरुलाई आफुहरुले ठाउँको ठाउँमा कारबाही गरेको उनले स्पष्ट पारे ।

उनले आजबाट ग्याँस तथा पेट्रोलियम पदार्थमा समेत ध्यान दिईएको र सोहीअनुरुप आज अनुगमन गरिएको पनि सुनाए । उनले भने,‘ग्याँसमा वितरण प्रणालीमा समस्या देखिएको छ । ग्राहकलाई होल्न नगर्नको लागि म आग्रह गर्दछु ।’ उनले आफुहरुले कुनैपनि खराबी मौलाउन नदिने पनि विश्वास दिलाए । उनले भने,‘हामी फिलडमै खटिएका छौं । गलत गर्नेलाई कारबाही भैरहेको छ ।’कार्यक्रममा नेपाल आयल निगमका उपमहानिर्देशक नागेन्द्र साहले निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजनबारे प्रकाश पारेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ