arrow

सरकारले कालोबजारी नगरे हुन्थ्यो – उदयशमशेर राणा

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
udaya_samser_rana.jpg

काठमाडौं । पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले सरकारले जनतालाई राहत दिनुको सट्टा कालोबजारी गरेको आरोप लगाएका छन् । 

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आउँदा पनि हामी अझैं महंगो मुल्य तिर्न बाध्य भएको भन्दै राणाले सामाजिक संजाल फेसबुकमार्फत भनेका छन्, ‘पेट्रोलियम पदार्थ सहुलियत दरमा उपलब्ध गराएर सरकारले कोरोनाको कहरले आक्रान्त अर्थतन्त्रलाई राहत दिनुको साटो नीतिगत कालोबजारी नगरे हुने।’

उनले अगाडि लेखेका छन्, ‘पेट्रोलियम पदार्थको उत्पादनसँग प्रत्यक्ष सम्बन्ध रहेको पाइन्छ, यसको व्यवहारिक मुल्य समायोजन हुँदा मात्र पनि निजी क्षेत्र र दैनिक जीवनमा राहत हुने थियो।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ