arrow

पाँचथरमा यात्रु बोकेको जीप सडकबाट खस्यो

घाइतेलाई उपचारका लागि घोपा पठाइयो

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
accident_1.jpg

थर । पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर २ सान्धाने भन्ने स्थानमा बुधबार दिउँसो बिहान भएको जिप दुर्घटनामा परेर ६ जना घाईते भएका छन् ।

घाईते मध्ये ३ जनाको अवस्था गम्भिर छ । गम्भिर घाईते हुनेहरुमा तुम्बेवा २ का ५८ वर्षिय मरिचमान लावती,४० वर्षिय गजेन्द्र लावती,४२ वर्षिय श्री प्रसाद लावती रहेका छन् ।

यस्तै अन्य घाईते हुनेहरुमा सवारी चालक धनकुटाको भेडेटार वस्ने चन्द्र मगर,तुम्बेवा २ का ५८ वर्षिय मरिचमान लावती,स्थानिय ५६ वर्षिय लुङडामाँया साँवा, ३५ वर्षिय रणमाँया लावती रहेका छन् ।

उनीहरु सवैको उपचारका लागि धरानको घोपा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए।

मौवा बाट धरान तर्फ जाँदै गरेको ना १ ज ५२९७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट भण्डै २ सय मिटर तल खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ