arrow

सुई हानेर बढाइएका एक हजार केजी कुखुरा समातियो

logo
सौरभ गिरी,
प्रकाशित २०७६ चैत ५ बुधबार
kukhura.jpeg

नेपालगन्ज । नेपालगन्जको वडा प्रहरी कार्यालयले एक हजार केजी अबैध कुखुरा बरामद गरेको छ। वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतको कमान्डको टोलीले गए राती ११ बजे वडा नम्बर २३ बाट १० क्विन्टल खुकुरा बरामद गरेको हो।

वडा प्रहरीको सुचना संकलन टोलीले भारतबाट सुई लगाइएका कुखुराहरु नेपाल ल्याइदै छ भन्ने सुचना दिए पश्चात्  प्रहरी निरीक्षक बस्नेत नेतृत्वको टोलीले त्यस स्थानमा गएर कुखुरा बरामद गरेको हो। 'हाम्रो टोली पुग्दा खुकुराहरु यत्रतत्र छोडेको अवस्थामा रहेको भएपनि तस्करहरु भागीसकेको'प्रहरी निरीक्षक बस्नेतले भने।

नेपालगन्जमा कुखुराहरु हुर्किन समय लाग्ने भएको हुँदा भारतमा सुईको प्रयोग गरि १०-१५ दिन मै बढी बजन गराएर यहाँ ल्याइने गरेको बस्नेतले बताए। यसरी आम जनतालाई हानिकारक हुने कुखुरा खुवाएर कसैको स्वास्थ्य माथी खेलवाड हुन नदिने प्रहरी निरीक्षक बस्नेतले बताए ।

बरामद गरिएका कुखुराहरु क्वारेन्टाइन पठाउन तयारी गरेको बस्नेतले जानकारी दिएका छन् ।बस्नेत वडा प्रहरी प्रमुखमा आएदेखि यस्ता लुकिछिपी हुने तस्करी,चोरी एबम गुंडागर्दी समेत नियन्त्रण गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ