arrow

प्रिमियर लिग : म्यान्चेस्टर सिटी र चेल्सी विजयी

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
EPL-new-pic-l.jpg.jpeg
एजेन्सी । इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् । शनिबार राति भएको खेलमा म्यान्सिटीले घरेलु मैदानमा स्टोक सिटीलाई ४–० को फराकिलो अन्तरले हरायो । म्यान्सिटीलाई विजयी गराउन केलेची हिनाचोले दुई तथा फर्नान्डो र सर्जिओ अगुएरोले एक–एक गोल गरे । जितसंगै म्यान्सििटीले दोस्रो स्थानको टोटनह्यामसंग अंक दुरी कम गरेको छ । 
 
यस्तै, चेल्सीले एएफसी बर्नमाउथलाई ४–१ ले हराएको छ । चेल्सीलाई विजयी गराउन इडेन हाजार्डले दुई तथा पेड्रो रोड्रिग्वेज र विलियनले एक–एक गोल गरे । बर्नमाउथका टोमी इल्फिकले एक गोल फर्काए । यस्तै, साउथ ह्याम्पटनले एस्टन भिल्लालाई ४–२ ले हराउँदा लिभरपुल र न्यूकासल युनइटेडले २–२ को बराबरी खेले । आर्सनल १ अंकले पछि पर्दा म्यान्सिटी तेस्रो स्थानमा छ । सिटीको ६४ अंक हुँदा एक खेल कम खेलेको आर्सनलको ६३ अंक छ । लिग लिडर लेस्टर सिटीको ७३ अंक छ । यस्तै, ६८ अंक बटुलेको टोटनह्याम दोस्रो स्थानमा छ । 
Fernando rises above the Stoke defence to head home a Jesus Navas corner and put Manchester City on course for an easy victory
 
Fernando is embraced by Navas, whose corner he headed home to help City stroll into the lead during a low-key first half
 
Sergio Aguero tucks home a penalty with three minutes of the opening period remaining after Ryan Shawcross fouled Kelechi Iheanacho



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ