arrow

छविलालमाथि वडाध्यक्ष हातपातको आरोप

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
wada-dhakshaya.jpg

कैलाली, लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने माथि हातपात भएको बताइएको छ । वडाको ब्यवस्थीत नगरमा बुधबार वडा स्वाथ्य क्लनीक भवनको निमार्णको लागि काम गरीरहेको स्थानमा आफुमाथि सोहि गाउँ निवासि छविलाल जैशीले हातपात गरेको वडाध्यक्ष चलाउनेले बताए ।

भवन निमार्णको लागि निमार्णस्थलमा नापनक्सा गर्ने क्रममा बाहिरबाट एक्कासि आएका जैशीले नाप्न प्रयोग गरीने फिता र जमिनमा गाढीएका किला उखालेर फाल्न थालेपछि आफुले किन त्यस्तो गरेको भनेर सोध्दै गर्दा उल्टै आफुमाथि अपशब्द प्रयोगरी गालीग्लोज गदै शरीरमा हातपात गरेको वडा अध्यक्ष चलाउनेको आरोप छ । वडाध्यक्षमाथि हातपात गर्न खोज्ने जैशीलाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरी आफ्नो नियन्त्रणमा लिएको छ ।

यता आरोपित छविलाल जैशीले आफुले वडा अध्यक्षमाथि हातपात नगरेको प्रतिक्रिया दिएका छन् । आफु नमस्ते युथ ग्रेप ब्यावस्थीत नगरको अध्यक्ष भएको हैसियतले क्लबको घर बन्ने जग्गा भन्दा टाढा स्वाथ्य क्लनीक हुनुपर्ने मात्र बताएको जानकारी दिए ।

वडाध्यक्ष चलाउने नेपाली कांग्रेसबाट निर्बाचित जनप्रतिनिधि हुन भने, हातपात गर्ने जैशी नेकपाका कार्यक्रता हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ