arrow

भारु १० लाखसहित दुई मकवानपुर प्रहरीको नियन्त्रणमा

logo
रासस,
प्रकाशित २०७६ चैत ५ बुधबार
indian-currency-note.jpg

हेटौँडा। त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–वीरगञ्ज सडकखण्डको स्थानीय राटोमाटेबाट प्रहरीले आज बिहान ५ बजे जाँच गर्ने क्रममा भारतीय नंको बोलेरो जीपसहित दुई भारतीयलाई नियन्त्रणमा लिएको छ। अभियुक्तका साथबाट भारु नौ लाख ९९ हजारसहित  हिरासतमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए।

पक्राउ पर्नेमा भारत बैरातपुरको पैरोसव बस्ने ३१ वर्षीय विजय चौधरी र भारत नहेटीको ग्राम पञ्चायत माउतपुर बस्ने ३८ वर्षीय शङ्कर सरकार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनीहरु दुवैलाई पश्चिमबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा डब्लुबी २३ ई २३३३ नंको भारतीय बोलेरो जीपलाई हेटौँडा–१५ रातोमाटेबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले बताए। प्रहरीका अनुसार दुवैलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउन लागिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ