arrow

कोरोना सचेतनाको लागी म्याराथन दौड र माइकिड्ड

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ चैत ५ बुधबार
corona-sachetqana.jpg

कपिलवस्तु । विश्वमा फैलिएको कोरोना भाइरसको सक्रमण ले स्थानीय स्तरमा समेत समस्या पार्न सक्ने भन्दै कपिलवस्तु बहुमुखी क्याम्पसले जिल्ला सदरमुकाम तौलिहवा क्षेत्रमा सचेतनामुलक विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।

 क्याक्पस परिसमा कोरोना बाट बच्ने उपायहरुको बारेमा फ्लेस कार्डहरु टास गर्ने काम गरेको छ । भने सप्ताहाव्यापी रुपमा संचालनमा रहेको खेल कार्यक्रमको अन्तिम दिन वुधबार तौलिहवा बजार क्षेत्रमा म्याराथन दौड प्रतियोगिता गरिएको छ ।

३२ जना विद्यार्थीहरु सहभागि खेलमा दौडमा सहभागि खेलाडीहरुको टिर्समा कोरोना वाट वच्चे उपायहरुको बारेमा सूचना टास गरिएको थियो । त्यस्तै नगरबासिको सचेतनाको लागी कोरोना भाइरस वाट बच्चे उपाय र सावधानीको लगी माइकिड्ड गरिएको थियो ।

उक्त दौड तथा माइकिड्ड क्याम्पस परिसर वाट सूरु भई बुद्ध चौक, भिक्षु चौक, नयाटोल , जिल्ला प्रशासन चौक, महिता चौक हुदै पुन क्याम्पसमा आएर सम्पन्न भएको थियो । खेलकुदका साथै सामाजिक दाहित्व र स्वास्थ्य प्रति सकारात्मक सन्देश फैलाउन उक्त कार्य गरिएको क्याम्पस प्रमुख डा. विनय पाण्डेयले बताए ।

सप्ताहाव्यापि खेल अर्नरगत हाजिरि जवाफ, साइकिल रेस, व्याडमिन्टन, भलिवल, सय मिटर दौड, निवन्ध लेखन, हाइ जम्प , कुर्ची दौड लगायतका  खेल सम्पन्न भएको अत्तिरिक्त क्रियाकलाप संयोजक टिकाराम ज्ञवालीले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ