arrow

वडाध्यक्ष चलाउनेमाथि हातपात गर्ने जैशीलाई कांग्रेसद्वारा कारबाहीको माग

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
wada-dhakshaya.jpg

कैलाली , लम्की । नेपाली कांग्रेसबाट निर्बाचित कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भक्तबहादुर चलाउने माथि भएको हातपातका साथै अभद्र ब्याबहार प्रति नेपाली काग्रेस लम्कीचुहा नगर कार्यसमितिको गम्भीर ध्याकर्षण भएको जनाएको छ ।

 बुधबार एक प्रेस विज्ञाप्ती निकाल्दै नेपाली कांग्रेस लम्कीचुहा नगर कार्यसमितिले बर्तमान कम्न्युनिष्ट सरकार दुई तिहाइको मातमा रमाई रहेको बताउदै सरकार जनताको जनजीविका सवालमा उदासिन हुदै गैरहेको नगर सभापति रामबहादुर विष्ट द्वारा हस्ताक्षरीत विज्ञाप्तीमा उल्लेख छ । विज्ञाप्तीमा अगाडि भनीएको छ, दुई तिहाईको मात लागेका कम्न्युनिष्ट कार्यक्रताको गलत क्रियाकलापका कारण जनताहरुले बिभिन्न समय दुख पाउदै आएको सबैलाई महशुस नै भएको छ ।

नेपाली कांग्रेस बाट निर्बाचित कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भक्तबहादुर चलाउने माथि आज जनताको विकास निमार्णको कार्यमा अग्रसर भईरहदा विकास विरोधि तत्वले अभद्र ब्यबहार गदै हातपात गरेको प्रति नेपाली कांग्रेस लम्कीचुहा नगर कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को ब्यवस्थीत नगर गाउँमा वडा स्वाथ्य क्लिनीक निमार्णको लागि निमार्ण कार्य गरीरहदा राजनितिक पुर्बाग्रही, अराजगता र षड्यन्त्रपुर्ण ढंगले अश्लील गालीगलौजका साथै ज्यानमार्ने धम्की समेत  दिदै सोहि गाउँमा बस्ने अन्दाजि ३६-३७ बर्षका छविलाल जैशीले वडाध्यक्ष चलाउने माथि हातपात नै गरी, गरेको अमानवीय ब्यबहारको नेपाली कांग्रेस लम्कीचुहा नगर कार्य समिति घोर भर्तसना गर्दछ, विज्ञाप्तीमा उल्लेख छ  ।

 जनताको मत पाई निर्बाचित जनप्रतिनिधि माथि विनाकारण अमानविय ब्यबहार गदै समाजमा समेत पटक–पटक अराजगता मचउदै आएका निज जैशी माथि कानुनि दायरा ल्याई कडाभन्दा कडा कारबाहिको लागि सम्बन्धीत निकाय संग जोडकार माग गदछौ, विज्ञाप्तीमा भनीएको छ ।

साथै दोषिलाई कानुन बमोजिम छानविनको दायरामा नलाई दुई तिहाईको दम्बले उन्मुक्ति दिने प्रयास गरीए नेपाली कांग्रेस लम्कीचुहा नगर कार्यसमिति कडाभन्दा कडा आन्दोलन गर्ने विज्ञाप्ती मार्फत  नेपाली कांग्रेस लम्कीचुहा नगर समितिले चेतावनी समेत दिएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ