arrow

यातायातका चालक–सहचालक गल्दै गए – सरोज सिटौला

‘सरकारले जफत गरेका मास्कहरु चालक र सहचालकलाई देओस्, डाक्टरजस्तै संवेदनशील हुनु परिरहेछ चालक साथीहरुले’

logo
प्रकाशित २०७६ चैत ६ बिहिबार
saroj-sitaula.jpg

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायातका चालक, सहचालकहरु गल्दै गएको बताएका छन् । 

कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिरहेका अवस्थामा त्यसबाट जोगिन अपनाउनु पर्ने सावधानीका सन्दर्भमा सिटौलाले सजगताका लागि सरकारले ठाउँठाउँमा पानीको व्यवस्था गर्नुपर्ने बताएका छन् । 

उनले चालकहरु र सहचालकहरु त्रसित भएको भन्दै यतातर्फ ध्यान दिन आग्रह गरेका छन् । सिटौलाले छोटो दूरीको यात्राका लागि उनले हिँडेरै जान आग्रह गरेका छन् । 

चालक र सहचालकलाई अधिकतम मास्क उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन् । महासचिव सिटौलाले ब्ल्याकमा किनेर चालक र सहचालकले मास्क लगाउनु पर्ने वाध्यता रहेको बताए । 

उनले सरकारले जफत गरेका मास्क चालक र सहचालकलाई उपलब्ध गराउन पनि आग्रह गरेका छन् । 

सरकारले २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने निर्णय गरेको अवस्थामा सिटौलाले यतातर्फ आफूहरु गम्भीर रहेको बताए । 

उनले डाक्टर जस्तै चालक र सहचालकहरु पनि निकै संवेदनशील हुनु जरुरी रहेको बताए । सिटौलाले चुनौती खेप्दै गएको अवस्थाबाट सेवा दिन परिरहेको भन्दै सरकारले यतातर्फ ध्यान दिनुपर्ने बताए । 

उनले यातायात व्यवस्था विभागलाई छलफलका लागि डाक्न पनि आग्रह गरेका छन् । उनले विभिन्न ठाउँबाट फरक फरक स्लोगन आएको भन्दै स्वास्थ्य मन्त्रालयबाटै सचेतना स्लोगन आउनु पर्ने पनि बताए । 

सिटौलाले सार्वजनिक यातायातको संख्या घट्दै गएको बताएका छन् । यो गम्भीर परिस्थितिमा सबैले सहयोग गर्नुपर्ने पनि बताएका छन् । 

सरकारले ल्याएका अवधारणाहरु पालना गर्नुपर्ने र सरकारलाई पनि सुझाव दिनुपर्ने अवस्था रहेको सिटौलाले बताए । 

आफूहरुका सवारी थन्किएको अवस्था रहेकाले बैंकले पनि त्यस्ता सवारीका लागि ब्याजमा सहजता अपनाइदिन आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ