arrow

कोरोना भाइरसः सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष’ स्थापना

logo
प्रकाशित २०७६ चैत ६ बिहिबार
coronavirus-hamrakuras.jpg

जनकपुरधाम । कोरोना भाइरस (कोभिड – १९) को जाँच गर्न प्रदेश नं २ का नेपाल भारत सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष स्थापना’ गरिएको छ ।

स्वास्थ्य निर्देशनालय अनुसार वीरगञ्जको रक्सौल, रौतहटको बैरगनिया, सर्लाहीको सोनवर्षा, महोत्तरीको भिठ्ठामोर र मटिहानी, धनुषाको जटही, सिरहाको माडर र ठाडी तथा सप्तरीको कुनौली र छिन्नमस्तालगायतका नाकामा ती कक्ष सञ्चालनमा ल्याइएको हो । 

यस्तै प्रदेशभित्रका अस्पतालमध्ये नारायणी, वीरगञ्ज अस्पताल, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज, नेशनल मेडिकल कलेज वीरगञ्ज, जानकी मेडिकल कलेज जनकपुर र प्रादेशिक अस्पताल जनकपुरमा ‘आइसोलेसन वार्ड’को व्यवस्था गरिएको जनाइएको छ ।

निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा विजय झा प्रदेशभित्रका नाकाबाहेक बढी जमघट हुने स्थल जानकी मन्दिर, बसपार्क र विमानस्थलमासमेत स्वास्थ्य कक्ष राख्ने निर्णय गरिएको जानकारी दिए ।

सो भाइरस रोकथामका लागि प्रदेशभित्र उच्चस्तरीय अनुगमन तथा तत्काल सहायताका लागि विज्ञ चिकित्सक, प्रदेशस्तरका विश्वस्वास्थ्य सङ्गठन, राष्ट्र सङ्घीय जनसङ्ख्या कोष र राष्ट्र संघीय बालकोष सहितका प्रतिनिधिको समिति पनि गठन गरिएको बताइएको छ । 

भाइरस सङ्क्रमण आशङ्का लागेका व्यक्तिका लागि क्वारेन्टाइन स्थापनाका लागि स्थानको खोजी भइरहेको पनि जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ