arrow

पाल्पाको तानसेन र बगनासकालीले बसमा विद्यार्थीलाई घर पठाउने

logo
सीता डोटेल,
प्रकाशित २०७६ चैत ६ बिहिबार
see.jpg

पाल्पा । एसइई परीक्षा स्थगित भएपछि बिद्यार्थीहरुलाई घरसम्म फर्कन पाल्पाको तानसेन नगरपालिका र वगनाशकाली गाउँपालिकाले निःशुल्क गाडी ब्यवस्था गरेका छन् ।

तानसेन नगरपालिकामा बिभिन्न स्थानबाट धेरै प्राविधिक बिषयका विद्यार्थीहरु बुधवार दिउँसो तानसेन आएका थिए । उनीहरु तानसेन आउनासाथ एसइई परीक्षा तत्कालका लागि स्थगित गर्ने गरि सरकारले निर्णय लिएको थियो ।

तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले तानसेन आइपुगेका सबै बिद्यार्थीहरुलाई नगरपालिकाले गाडीको ब्यवस्था गरि घर पठाउन सहयोग गर्ने बताए । उनले समूहमा बिद्यार्थीहरुलाई घर पठाउन सहयोग गरिने र त्यसका लागि सम्वन्धित बिद्यालयका प्रअ र नगरपालिका संग समन्वय भएको बताए ।

उता बगनासकाली गाउँपालिकाले पनि अप्ठेरामा परेका बिद्यार्थीहरुलाई घरसम्म गाउँपालिकाले नै पुर्याइदिने जनाएको छ । बिद्यालयका प्रअहरुले खवर गर्ना साथ गाडी पठाएर बिद्यार्थीहरुलाई घरसम्म पुर्याइने गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । “आवश्यक भएमा तत्काल गाउँपालिकाकै गाडी समेत पठाएर बिद्यार्थीहरुलाई घरसम्म पुर्याइने उनले जानकारी दिए। ऋण खोजेर छोराछोरीलाई परिक्षा केन्द्रमा पठाएका अभिभावक भने अन्त्यमा आएर सरकारले यस्तो निर्णय गर्दा चित्त नबुझेको बताएका छन् । विद्यार्थीहरुले पढ्ने मानसिकताका बिच तनाब झेल्नुपरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ