arrow

११ बर्षपछि मेटियो पानीको प्यास

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७६ चैत ६ बिहिबार
pani1.jpg

मुगु । अझै हुनेखाने र पहुचवाल वर्गले मात्र अवसर पाउने गरेको उदाहरण बनेको छ यहाँका दलित समुदायले ११ वर्ष पछि पाएको खानेपानी योजना । यो योजनाले अझै गरिव विपन्नले राज्यबाट पाउने सेवा सुविधा लिन ठुलै कसरथ गर्नुपर्ने देखाएको छ । २०६५ सालमा गाँउमा रहेको परम्परागत धाराको मुहान सुकेपछि त्यस यता गाँउबाट टाढा रहेको मुहानबाट पानि ल्याउन आर्थिक तथा प्राविधिक सहयोगका लागी विभिन्न निकाय र संघ सस्थामा धाएपनि त्यो सपना पुरा नभएपछि निरास भएका छाँयानाथ रारा नगरपालिका वडा नं ६ रन्जना बालै गाँउका स्थानीयहरुको सपना ११ बर्षपछि स्थानीय सरकारको सहयोगमा साकार भएको छ ।

छायाँनाथ रारा नगरपालिकाले आफनो आर्थिक बर्ष २०७५-०७६ सालको बजेटमा रन्जन बालै गाँउमा पानि पुराउन बजेट विनियोज गरि यो कार्यमा हातेमाले गर्न गैर सरकारी संघ सस्थाहरुलाई आग्रह गरेको थियो ।

स्थानीय सरकारको आग्रह पछि जिल्लामा कृयाहिल सहयोगी हातहरुको समुह(साहास नेपाल,हिमाली ग्रामिण समाज विकास केन्द्र र स्थानीय हातेमाले महिला कृषि समुहले नगरपालिकासंग सहकार्य गरेर गाँउमा खानेपानी पुराउने कार्यमा संलग्न हुने बताए सोहि अनुसार नगरपालिकाले ३ लाख,साहास नेपालले ३ लाख ७९ हजार,हिरिसडेकले १ लाख २० हजार नगद र कृषि समुहले ५ लाख ११ हजार ७६५ बराबरको श्रमदान गरि गाँउमा ४ वटा धारा निमार्ण गरिएको हो ।

स्थानीय.पंचकला नेपाली भन्छन गाँउ रहेको परानो धाराको मुल सुकेपछि ६५ सालबाट गाँउको नजिकै रहेको नाउलो(कुवा)बाट पानीको प्यास मेटाउदै आएका थियौ । यो खुवा सानो भएकाले गाँउलेहरु पालो कुरेर पानी ल्याउनु पथ्र्यो, त्यस यता धारा बनाई दिन तत्कालिन गाँउ विकास समिती,जिविस,माननिय,एनजिओ सबैलाई गुहारेयौ, निवेदन दियौ सबैले आश्वाशन मात्र दिए कसैले सुनुवाई गरेनन ।

गाँउमा धारा नहुदा नाउला कै फोहोर पानी खानु पथ्यो,सबैको एउटै नाउलो भएकाले पानी दुषित भै गाँउमा रुगा,खोकी, झाडा पखाला का विरामी विगतमा धेरै भएको र अहिलेको स्थानीय सरकारले आफुहरुको धाराको पानी खाने सपना पुरा गरिएकोमा सहयोगी सबैलाई धन्यबाट दिन्छन अर्का स्थानीय झीमु नेपाली । संगैका अन्य छिमेकी गाँउमा खानेपानीका धाारा छन हामी नाउलामा खानु पथ्यो गरिव,दलित भनेर हेला गरेका त होलान सोचेका थियौ । विगतमा कसैले वास्ता नगरेपछि आशा मारेका थियौ तैपनि नहाँ व्यवस्था आएको छ मेयरलाई भटौ समस्या राखौ भनेर सल्लाह भयो र गाँउमा मेयर आएको बेला निवेदन दियौ उहाँले पनि हुन्छ भन्नुभो हामीले पहिले कै जस्तो हून्छ सोचेका थियौ तर सम्झौता गर्न वडा अध्यक्षले बोलाएर सम्झौता गराए काम गयौ र अहिले गाँउ मै चार वटा धारामा पानी आउन थालेपछि  साच्चै गाँउमा सरकार आएको गाँउलेहरुले महशुस भएको खानेपानी निमार्ण समितीका अध्यक्ष रामपुरा भाम बताउछन् ।

बुधबार गाँउमा खानेपानीको उद्घाटन गर्न पुगेका छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले स्थानीयहरुको स्वागतलाई ग्रहण गदै बास्तविक आवश्यकतामा आधारित भएर स्थानीयहरुले माग गरेको  योजनामा स्थानीय सरकार र साझेदारी सस्थाहरुले लगानी गर्दा आज वषौ पछि गाँउलेहरुले शुद्घ खानेपानी पिउन पाएको बताए उनले भने सरकारसंग गैरसरकारी संघ सस्थाहरुको यसंै गरि नगरक्षेत्रका अन्य काममा पनि हातेमालो गर्न आग्रह गरे ।

११ वर्ष पछि गाँउघर कै आगनमा खानेपानीका धारा बनेपछि गाँउलेहरुको अनुहारमा खुशी छाएको छ गाँउले मात्र होईन गाँउ मै रहेको विद्यालयमा पनि गाँउलेहरुले एक वटा धारा दिएका छन विद्यार्थीहरु पानी तिर्खा लागेमा घर जानु पर्ने बाध्यता थियो थियो हटेको शिक्षक कमल नेपाली बताउछन्।
कुल १३ लाख ११ हजार ५३२ नगद र जन श्रमदानमा निमार्ण भएको यो खानेपानी योजनाबाट रन्जनबालै गाँउका २२ घरधुरीका २१८ परिवार लाभान्नित भएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ