arrow

कांग्रेस र एकीकृत पार्टी दुबै तिर पासा फाल्दै सुनिल थापा

logo
राजु रिमाल,
प्रकाशित २०७६ चैत ६ बिहिबार
sunil-bahadur-thapa.jpg

काठमाडौं। तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकीकरण पछि सूर्यबहादुर थापका पुत्र सुनिल थापाले कांग्रेसका जाने कि एकीकृत पार्टीमा नै बस्ने भनेर दुवै तिर पासा फालेका छन्। दुई पार्टी एकीकरण कार्यक्रममा उनी सहभागी भएनन्।

तर एकीकरण पछि एकीकृत पार्टीका त्रय अध्यक्ष कमल थापा, पशुपतिशसमसेर राणा र डा.प्रकाशचन्द्र लोहनीसँग भेटेर एकिकृत पार्टीको उपाध्यक्ष पाए पार्टीमा नै बस्ने स्पष्ट बताएका छन्। यता नेपाली कांग्रेसमा प्रवेश गर्न समेत उनले कांग्रेसका नेताहरुसग वार्ता जारी राखेका। कांग्रेसमा प्रवेश गर्न सुरुमा पदाधिकारीमा मागेपनि लचिलो बन्दै केन्द्रीय छन सदस्य पाउँदा समेत प्रवेश गर्ने मुडमा पुगेका छन्।

थापाले आफूसँगै राप्रपाका नेता नवराज सुवेदी (रामेछाप),हरिबहादुर बस्नेत(उदयपुर), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक) लगायतका केही नेताहरुलाई पनि कांग्रेसमा प्रवेश गराउने तयारीमा जुटेका छन। कांग्रेसमा प्रवेश गर्न उनले कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा.सशांक कोइरालासँग भेट गरेका छन्। कांग्रेसमा प्रवेश गरे उनले केन्द्रीय सदस्य पाउनेमा कांग्रेसका नेताहरुले समेत सहमत जनाएका छन्।

राप्रपाका एक नेताले भने, ‘उहाँ (थापा) ले एकीकृत पार्टीमा उपाध्यक्ष पद माग्नु भएको छ। उपाध्यक्ष पद पाए कांग्रेसमा जान्न भन्नु भएको छ।’ राप्रपाका नेता भुवन पाठकले सुनिल थापा एकीकरण पछि पनि राप्रपासँग सम्पर्कमै रहेको दावी गरे । उनले भने,‘उहाँ (थापा)ले राप्रपामा महत्वपूर्ण जिम्मेवारी पाउने सम्भावना छ। उहाँ राप्रापको सम्पर्कमै हुनुहुन्छ।’पार्टी एकीकरण कार्यक्रममा थापा नआएको विषयमा भने पाठकले केही बोल्न चाहेनन्।

फागुन २८मा राष्ट्रिय सभा गृहमा तत्कालिन राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण घोषणा गरिएको थियो। उक्त दिन उनी काठमाडौंमै थिए। एकीकरण घोषणा हुँदा उनी आफनै घरमा बसेका थिए। सुनिललाई एकीकरण घोषणा कार्यक्रमा आउन तत्कालिन राप्रपा (संयुक्त)का अध्यक्ष राणाले फागुन २८ गते विहान टेलीफोन गरी  बोलाएका थिए। तर पनि उनी घोषणा कार्यक्रममा सहभागी भएनन्।

एकीकृत पार्टीले राजतन्त्रको लाइन लिएकोमा उनले असहमति जनाउँदै आएका बताएका छन। आफू निकट व्यक्तिहरुसँग उनले सोही कारण देखाएर आफू एकीकण सभामा नगएको बताउने गरेका छन्। स्रोतले भन्यो, तर भित्री कारण भने अर्कै छ। उनी अहिले दुई तीर सम्पर्कमा छन्।’

फागुन २४ मा  संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्ने कार्यक्रममा पनि थापा उपस्थिति भएनन। न कि, उनी राप्रपासँग एकीकरण गर्ने सम्बन्धमा बोलाइएको तत्कालिन राप्रपा (संयुक्त)को बैठकमा उपस्थिति भए। उनी तत्कालिन राप्रपा (संयुक्त)को उच्च स्तरीय कार्यसम्पादन समितिका सदस्य हुन्। पछिल्लो समय उक्त पार्टीको बैठकहरुमा उनी उपस्थिति हुन छाडेका थिए।

स्रोत भन्छ,थापा सुरु देखि नै राप्रपा गणतन्त्रवादी हुन्। तर दुइ राप्रपाले गरेको सहमतिमा एकीकृत पार्टीले राजसंस्था सहित प्रजातन्त्रमा जाने सहमति गरिएको छ। यसअघि उनी सम्बद्ध पार्टी तत्कालीन राप्रपा (संयुक्त)ले गणतन्त्रलाई स्वीकार गरेको थियो। राप्रपा (संयुक्त)का अध्यक्ष पशुपति शमसेर राणाले यसअघि पटक पटक सार्वजनिक रुपमै आफू गणतन्त्रबाट राजतन्त्रमा फर्कन नसक्ने बताउने गरेका थिए। तर अब उनी गणतन्त्रबाट राजतन्त्रमा फर्कने भएका छन्।

राजतन्त्रलाई स्विकार गर्ने कि नगर्ने भन्ने विषयमा राप्रपा र राप्रपा (संयुक्त) वीचको एकीकरण प्रक्रिया धेरै लामो समयदेखि टुंगो लाग्न सकेको थिएन। राणा गणतन्त्रबाट राजतन्त्रमा फर्के पछि एकीकरण प्रक्रिया सहज भयो,–राप्रपाका एक नेता बताउछन्। स्रोत भन्छ, गणतन्त्रबाट राजतन्त्रमा फर्कने विषयमा सुनिल सहमत छैनन्। स्रोत भन्छ, राप्रपा र राप्रपा (संयुक्त) एक भए पनि एकीकृत पार्टी गणतन्त्रबाट राजतन्त्रमा फर्कन नहुने अडान थापाले राखेका थिए। तर राणाले थापाको अडानलाई त्यति महत्व दिएनन्। त्यसपछि थापा राणासँगको सामिप्यबाट उनी टाढा हुँदै गए–थापा निकट स्रोतले बतायो।

थापा नेपाली कांग्रेसमा प्रवेश गरे उनले धनकुटाबाट उनले चुनाव लड्ने छन्। यसबाट चुनाव जित्न सहज हुने उनको बुझाइ छ। यस विषयमा जिज्ञासा लिन थापासँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्क मै आएनन्। २०४६ को परिवर्तन पछि सुनिल थापाका पिता सूर्यबहादुर थापाले राप्रपाको जन्म गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ