arrow

दाता सम्मेलनको बाचा पूरा : इयुले दिने भो एघार अर्ब बढी अनुदान

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
eu-logo-new.jpg.jpeg
काठमाडौँ । युरोपेली सङ्घ (इयु)ले भूकम्पपछिको पुनःस्थापना तथा पुनःनिर्माणका लागि नेपाललाई ११ अर्ब ६८ करोड ५० लाख अनुदान सहयोग दिने भएको छ । इयुले सरकारलाई ११ अर्ब नौ करोड ५० लाख ‘बजेटरी’ सहयोग तथा ५९ करोड प्राविधिक सहयोग गर्नेसम्बन्धी सम्झौतामा  आइतबार हस्ताक्षर भएको छ ।
 
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि इयुको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङ र मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सो सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।  नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन गत वर्ष भएको  अन्तर्राष्ट्रिय सम्मेलनमा इयुले सो रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । 
 
प्राविधिक सहायता अन्तर्गत उपलब्ध हुने रकम सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शीता र जवाफदेहिता सुदृढ गर्न उपयोग गरिने मन्त्रालयको योजना छ । सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी काम आगामी सात वर्षसम्म सञ्चालन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ