arrow

कोरोनाको असर मनकामनामा, केवलकार बन्द हुदै

logo
रासस,
प्रकाशित २०७६ चैत ६ बिहिबार
cablecar.jpg.jpeg

चीतवन ।  मनकामना मन्दिरदर्शन गर्न जाने  दर्शनार्थीहरुको  सहजताका लागि  संचालनमा ल्याएको   मनकामना  केवलकार सेवा शजिबारदेखि बन्द हुने भएको  छ ।

 कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो । मनकामना दर्शन प्रालिले बिहिबार सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ ।

कम्पनीका  नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्‍याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो । अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ । कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने घटेका थिए ।

 चितवनको इच्छाकामना–४ स्थित प्रवेशद्वार (बटम स्टेशन) रहेको  मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को सङ्ख्यामा दर्शनार्थी  मनकामना मन्दिर पुग्ने गर्दछन् ।  

सहायता कक्ष  स्थापना
चितवनको इच्छाकामना गाउँपालिकाले कोरोनासम्बन्धी सचेतनाका लागि दुई ठाउँमा हेल्थ डेस्क स्थापना गरेका छन् ।  

गाउँपालिका कार्यालय परिसर कुरिनटार र मनकामना केवलकारको बटम स्टेशन चेरेशमा स्वास्थ्य हेल्थ डेस्क बिहिबारदेखि सञ्चालनमा ल्याएको हो । मनकामना केबलकारमा एक जना स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक  वासुदेव सापकोटाले जानकारी दिए ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा स्वदेशी तथा विदेशी गरी  दैनिक हजारौँ  दर्शनार्थी केवलकार चढेर जाने  गर्दछन् । त्यसैलाई मध्यनजर गर्दै हेल्थ डेस्क सञ्चालनका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको संयोजक सापकोटाले बताए ।

स्वास्थ्यकर्मीसँगै नेपाल सरकार स्वास्थ्य मन्त्रायबाट जारी गरेको कोरोना सचेतनामूलक नारासहितको पर्चासमेत उपलब्ध गराएका छन् । गाउँपालिकाभित्रका राजमार्गका होटलमा सचेतनामूलक कार्यक्रमका साथै सचेतनामूलक माइकिङसमेत गर्न शुरु  गरिएको  संयोजक सापकोटाले जानकारी दिए ।  

हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँचसहित कोरोना सम्बन्धी सचेतनामूलक  जानकारी गराउने संयोजक सापकोटाको भनाइ छ । शङ्कास्द व्यक्तिलाई परीक्षणका लागि अस्पतालमा  पठाइने उहाँले बताए । मनकामना दर्शन प्रालिले मन्दिर दर्शन गर्न जाने दर्शनार्थीका लागि दुर्ई हप्ता अघिदेखिनै  एकजना स्वास्थ्यकर्मी राखी केवलकार चढ्नुअघि स्वास्थ्य  जाँच  गरिँदै आएको छ । अहिलेसम्मको जाँचको क्रममा कोरोनाको शङ्कास्पद व्यक्ति नभेटिएको मनकामना दर्शनप्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले  बताए ।

उहाँले मनकामना मन्दिर दर्शन गर्न आउने यात्रुहरुलाई प्रवेशद्वार  चितवनको  ईच्छाकामना–४ स्थित चेरेशमा स्वास्थ्य जाँच गराएर मात्र केवलकार चढ्नका लागि अनुमति दिइएको बताए ।
 
घटे केवलकार चढ्ने
यसैबीच कोरोना भाइरसको त्राससँगै मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्यामा कमी आएको छ ।

नायब महाप्रबन्ध कायस्थका अनुसार पछिल्लो समय दैनिक दुई  हजारको हाराहारीमा मात्र दर्शनर्थाीहरुले केवलकार चढेर मनकामना मन्दिर  जाने  गरेका  छन् । यो  समयमा विगतका वर्षहरुमा तीन हजार ५०० को हाराहारीमा दर्शनार्थीहरुले  दैनिक केवलकार चढ्ने गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ