arrow

दिल्ली बसमा करणी गरी हत्या गर्ने चार जनालाई मृत्युदण्ड

बलात्कारको ७ वर्ष ३ महिना ४ दिनपछि अपराधीलाई फाँसी 

logo
प्रकाशित २०७६ चैत ७ शुक्रबार
nirbhaya-rape-killed-deat-p.jpg

काठमाडौं । एक विद्यार्थीलाई सार्वजनिक यातायातमा करणी गरी हत्या गर्ने चार जना दुस्कर्मी भारतीय युवालाई मृत्युदण्ड दिइएको छ । शुक्रबार बिहान ५ः३० बजे उनीहरुलाई झुण्डयाइएको हो । 

१६ डिसेम्बर २०१२ को राति निर्भयालाई बलात्कारपछि हत्या गर्ने चार जनालाई शुक्रबार बिहान ७ वर्ष ३ महिना र ४ दिनपछि दण्ड दिइएको हो । 

मुकेश सिंह, अक्षय ठाकुर, विनय शर्मा र पवन गुप्तालाई फाँसी दिइएको हो । यो दण्डपछि निर्भयालाई न्याय मिलेको घटनाका रुपमा दर्ता भएको छ । 

फाँसी दिनुअघि उनीहरुलाई खाजा खान दिइएको थियो । तर उनीहरुले त्यसलाई अस्वीकार गरेका थिए । 

विनय रोएको भारतीय संचारमाध्यमले लेखेका छन् । यसपछि उनीहरुलाई तिहाडको जेल नम्बर ३ मा बनेको फाँसीघरमा लगेर फाँसी दिइएको थियो । 

तिहाड जेलमा सन् २०१५ पछि पहिलो पटक कसैलाई फाँसी दिइएको हो । 

फाँसी दिइएपछि निर्भयाकी आमा आशादेवीले अन्त्यमा अपराधीहरुलाई झुण्डयाइएको भन्दै आफूहरुले न्याय पाएको बताइन् । 

आजको दिन देशका छोरीहरुको नाम भन्दै उनले खुशी व्यक्त गरेकी छिन् । 

२३ वर्षीया फिजियोथेपारीको विद्यार्थी निर्भयालाई गुडिरहेको बसमा ६ जनाको समूहले बलात्कार गरेका थिए । ६ जना नै पक्राउ परे पनि राम सिंहले सन् २०१३ को मार्चमा जेलमै आत्महत्या गरेको थियो । 

अर्को एक जना १७ वर्षीय युवक सन् २०१५ मा जेलमुक्त भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ