arrow

अब कार्यालयमा प्रवेश गर्दा हात धुनुपर्ने

logo
युद्घ बहादुर मल्ल,
प्रकाशित २०७६ चैत ७ शुक्रबार
chayanath.jpg

मुगु । तपाई कुनै सरकारी वा गैर सरकारी कार्यालयमा प्रवेश गदै हुनुहुन्छ भने अव सिधै प्रवेश गर्न पाउनु हुने छैन हात धोएर मात्र प्रवेश गर्न पाउनु हुनेछ । कुरो हिमाली दुर्गम जिल्ला मुगुको हो यहाँको स्थानिय प्रशासनले कोरोनाको प्रकोपलाई मध्य नजर गदै सार्वजनिक कार्यालयहरुमा आउने सेवाग्रही र प्रदायकमा यसको प्रकोप नहोस भनेर कार्यालयमा सावुन पानीले हात धुने व्यवस्था गर्न निर्देशन भएपछि मुगुका सबै सरकारी तथा गैर सरकारी सस्थाहरुमा अब कार्यालयको गेट मै राखिएको साबुन पानीमा हात नधोई प्रवेश गर्न नपाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सर्बै स्थानिय तह मातहतका कार्यालयहरु,प्रदेश सरकार,संघिय सरकारका कार्यालयहरु र जिल्लामा कृयाशितल गैर सरकारी सस्थाहरुलाई कोरोना प्रकोपको रोकथाम र पुर्व सर्तकताताका लागी अपनाउनु पर्ने अन्य कामका साथै कार्यालयमा साबुन पानी राख्न आग्रह गरेपछि मुगुका प्राय सबै सार्वजनिक संघ सस्था र कार्यालयहरुले आफना कार्याालय प्रवेश गेट मै सावुन पानी सहित हात धुने व्यवस्था मिलाएका छन ।

छायाँनाथ रारा नगरपालिकामा शुक्रबार योजनाहरुको सम्झौता,भुक्तानी,पेश्की फस्यौट र अन्य काम विषेशले आएका सेवाग्रहीहरुले गेटमा राखिएकको साबुन पानीले हात धोएर मात्र प्रवेश गर्न पाएका छन भने कार्याालयमा रहेका कर्मचारीहरुले पनि साबुन पानीले हात धोएर आ आफनो कार्यकक्षमा गएका थिए ।

प्रमुख प्रशासकिय अधिकृत ललितजंग मल्ल नगरपालिकामा आउने कोहि सकैलाई कोरोनाको प्रकोप नहोस भनेर प्रशासनको आग्रह अनुसार गेटमा हात धुन साबुन पानी राखेका छौ भन्नुहुन्छ साथै कोही कामको हतारले हात धुन छल्ने भएकाले एक जना कार्यालय सहयोगी हात धुन लगाउनको लागी खटाएका छौ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयले बुधबारैबाट कार्यालयको गेटमा साबुन पानीको व्यवस्था मिलाएको छ । कार्यालय र जिल्ला अस्पतालमा आउने विरामी,विरामी कुरुवाहरुले हात धोएर मात्र प्रवेश गर्न दिने गरिएको छ ।

हावा र स्वाश प्रस्वासबाट फैलने अधिकांश रोग ९० प्रतिशत हातबाटै फैलिने गरेको र विश्व व्यापीकरण हुदै गएको नोवेल कोरोना भाईरस पनि हातको माध्यमबाट बढी फैलने सम्भावना भएकाले यो रोग फैलन नदिन अन्य उपायका साथै हात नियमित र पटक पटक धुन पर्ने भएकाले सबै कार्यालयमा हात धुने व्यवस्था मिलाएको र सबै कार्यालयले हातधुने  व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला बताउछन्।

यसै विच जिल्ला प्रशासन कार्यालयले सुचना निकाल्दै रुगा खोकी जस्तै लक्षण देखिएमा जिल्लाा अस्पाताल मुगुमा कार्यारत चिकित्सकहरुसंग परामर्श लिन भन्दै चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

छायाँनाथ रारा नगरपालिकाले शनिबार तोकेको नगरप्रहरीको लिखित परिक्षा कोरोनाको प्रकोप फैलन सक्ने र संघिय सरकारले भेला,सभा नगर्न भनेको भन्दै अर्को सुचना नभए सम्मका लागी भन्दै परिक्षा स्थगित गरेको छ ।

केहि दिन अगाडी प्रशासन कै पहलमा जिल्लामा भित्रने नाकाहरु र रारा विमान स्थलमा हेल्थ डेस्क स्थापना गरिएको थियो त्यहाँ अहिले जिल्लामा भित्रनेहरुको  स्वाथ्यकर्मीहरुले स्वाथ्य चेक गरिरहेका छन्  ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ