arrow

त्रिविका शिक्षाध्यक्ष भुसालको कार्यभार शुरु

logo
प्रकाशित २०७६ चैत ७ शुक्रबार
shivalal.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा नियुक्त प्रा.डा शिवलाल भुषालले आजदेखि कार्यभार शुरु गरेका छन् ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १९ को उपदफा (१) बमोजिम प्रा डा भुसाललाई यही चैत ६ गते नियुक्त गरेका थिए ।

शिक्षाध्यक्षको पदावधि ४ वर्षको हुनेछ । ढाकावाङ– ९, अर्घाखाँचीमा जन्मिएका प्रा डा भुसाल यसअघि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन थिए । उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ