arrow

दुई वटा समाचारले रेडियोको उठिबास, गाउँपालिका नै लाग्यो बन्द गराउन

गाउँपालिकाको अनियमितता र भ्रष्टाचारको समाचार प्रसारण पछि रिसाए अध्यक्ष

logo
प्रकाशित २०७६ चैत ७ शुक्रबार
sinja-fm.jpg

जुम्ला । जुम्लाको सिजा गाउँपालिकामा २०७२ सालमा साबिकका ११ वटा गाबिसले स्थापना गरेको सिजा क्षेत्रको एक मात्र संचारको माध्यम रेडियो सिजा एफएम हालसम्म नियमित रुपमा प्रशारण हुँदै आएपनि अब बन्द हुने अवस्थामा पुगेको छ।

सिजा एफएम सदरमुकाम देखि ३२कोस टाढा छ। एफएमले गएको एक महिना यता गाउँपालिकाले गरेका अनियमितताका समाचार प्रशारण गरेपछि विभिन्न धम्की खेप्दै बन्द हुने अवस्थामा आइपुगेको हो।

यही चैत्र २गते  सिजा गाउँपालिका वडा नं २ का देबिकृष्ण शर्माले गाउँपालिका अध्यक्षलाई हिडिरहेका बेला गाउँपालिका क्षेत्रमा बालुवा उत्खनन् किन नरोकेको भन्दै लाट्ठीले हानेको समाचार रेडियो सिजा एफएममा प्रशारण भए पछि रेडियो नचलाउन चेतावनी दिदै आएका अध्यक्ष देवल सिंह रावलले एफएम नै बन्द गराउन बाटो अख्तियार गरेका छन्।

अध्यक्ष रावलले वडा नं ३को कार्यलय मार्फत १५ दिन भित्र रेडियो संचालन गरिरहेको साबिक नराकोट गाबिसको भवन खालि गर्न पत्र पठाएका छन्।

यसअघि पनि सिजा गाउँपालिकाको एम्बुलेन्समा जनप्रतिनिधिले चढेको समाचार प्रशारण भएपछि तत्काल रेडियो खालि नगरे मेसिनरि सामान उठाएर बाहिर फाल्दिने गाउँपालिकाले चेतावनि दिदै आएको थियो।  

सिजा क्षेत्रका ३ वटा गाउँपालिकाको एक मात्र संचारको माध्यम रेडियो सिजाले गाउँपालिकाका भ्रष्टाचार र बेथितीको समाचार प्रशारण गर्ने डरले बन्द गराउन लागिएको रेडियो सिजा एफएमका अध्यक्ष लिलाराज रावतले बताए।

गाउँपालिकाको भवन छाड्न दिएको आदेश पछि अब रेडियो खुल्ला चउरमा पाल हालेर पनि प्रशारण गरिने सिजा एफएमका स्टेशन म्यानेजर मोहन बिक्रम शाहीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ