arrow

एनसेलले ल्यायो ‘नाइट कल र एसएमएस प्याक’

logo
प्रकाशित २०७६ चैत ८ शनिबार
ncell-logo.jpg

काठमाडौं। एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन्। एनसेल प्राईभेट लिमिटेडले मात्र रु १० (कर सहित रु १२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ।  यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार (चैत्र ६) बाट ९० दिनका लागि संचालनमा आएको यो प्याक अन्तर्गत पाईने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजे सम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुन्छ।

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ एस्ट्रिक्स २ ह्यास डायलगरी वा एस्ट्रिक्स १७११८ ह्यास डायलगरी तेस्रो विकल्प छानेर यो प्याक सूचारु गर्न सक्छन्। साथै अंग्रजीमा एनयु टाइपगरी १७११८ मा एसएमएस पठाई पनि यो प्याक लिन सकिन्छ । आफ्नो आवश्यकता अनुसार ग्राहकले यो प्याक जति पटक पनि खरिद गर्न सक्नेछन्। यस प्याक अन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरी सकेपछि विद्यमान दरमा यी सेवाहरु प्रयोग गर्न सक्नेछन्।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप भ्वाइस र एसएमएस बन्डलिङ सहितको यो आकर्षक प्याक ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ। एनसेलले गत पुष १६ देखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिदै आएको छ। यो योजना अन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भोलुम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन्। 

यो योजना अन्तर्गत यदि ग्राहहले १२ मिनेट टक टाइम रहेको भ्वाइस प्याक सुचारु गरेको खण्डमा १२ वटा एसएमएस बोनस पाउँछन्। त्यसैगरी यदि ४२५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस एसएमएस पाउँछन्। यसको मतलब जति मिनेटको टक टाइम हो त्यतिनै वटा बोनस एसएमएस ग्राहकले पाउँछन्। ग्राहकको आवश्यकता अनुसारको सेवा प्रदान गर्न एनसेलले १२ मिनेट देखि ७२० मिनेट सम्म टक टाइम रहेको विभिन्न ११ भ्वाइस प्याकहरु प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ