arrow

मस्जिदमा कोरोनाको प्राथमिक परिक्षण 

logo
प्रकाशित २०७६ चैत ८ शनिबार
corona-biratnagar-masjit.jpg

विराटनगर। विराटनगर महानगर र मस्जिदको सहकार्यमा कोरोनाको प्राथमिक परिक्षण गरिएको छ। विराटनगर स्थित वडा नं ९ मा रहेको जामे मस्जिदमा कोरोनाको प्राथमिक परिक्षण अन्तरगत तापक्रम मापन गरिएको हो। शुक्रबारका दिन नमाज पढ्न मस्जिदमा मुस्लिम समुदायको बाक्लो उपस्थिती हुने गर्दछ।

कोरोनाको सन्त्रास फैलिरहेका बेला मस्जिदमा तापक्रम मापन गरिएको यो पहिलोपटक हो। नमाज पढ्ने समय मिलाएर कोरोनाको प्राथिमक परिक्षण गरी मस्जिद प्रबेश गराएको मुस्लिम युवा नेता मुसरफ खानले जानकारी दिए। महानगरले गरेको यसखाले कार्यको उनले प्रशंसा समेत गरे। यसखाले कार्यलाई निरन्तरता दिइने खानले बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ