arrow

भाटभटेनी सुपरमार्केट चितवनमा पत्रकार शर्मामाथि दुर्व्यबहार, युनियनको आपत्ती

logo
प्रकाशित २०७६ चैत ८ शनिबार
Press-Union.jpg.jpeg.jpeg

चितवन। नेपाल प्रेस युनियन चितवनका सदस्य शिव शर्मा गौतम माथी समाचार संकलन तथा सम्प्रेषणका क्रममा चैत्र सात गते साँझ भरतपुरस्थित भाटभटेनी सुपरमार्केटमा भएको दुब्र्यवहारप्रति युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। कायाकैरन दैनिक र सिनर्जी एफएमका कार्यरत पत्रकार गौतमलाई उनले खिचेका तस्विर भाटभाटेनी सुपरमार्केटका कर्मचारीले मेटाउने कार्य गरेकोमा चितवन युनियनका अध्यक्ष अनिल ढकालले विज्ञप्ती निकाली बिरोध गरेका छ्न्। 

पत्रकारको परिचय दिँदा दिदै भएको अप्रिय घटनाले जनताको सूचना पाउने अधिकारमाथी कुण्ठित भएको मात्र नभई पत्रकारहरुलाई धम्कीपूर्ण तरिकाबाट गरिएको ब्यवहार आपत्तीजनक रहेको ढकालले बताए। आगामी दिनमा यस्ता घटना नदोहोर्याउन र पत्रकारहरुलाई स्वतन्त्रपूर्वक लेख्न सक्ने बातावरण तयार गरिदिन स्थानीय प्रशासनसँग युनियनले माग गरेको छ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले समाचार संकलनमा खटिएका पत्रकारहरुलाई भयरहित भई समाचार संकलन तथा सम्प्रेषण गर्ने सुरक्षाको वातावरण अनुभुति गराउन स्थानीय प्रशासनसँग माग गरेका छ्न्। युनियनले देशको संवेदशनशील परिस्थितीलाई ध्यान दिदै संयमित, मयार्दित र सन्तुलित भई समाचार संकलनको काम गर्न सम्पूर्ण पत्रकारहरुलाई आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ