arrow

बुढानीलकण्ठमा कोरोना सचेतना पदयात्रा तथा मास्क वितरण

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
corona-awareness-budhanilka.jpg

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा रहेको कम्युनिटी केयर नेपालले गोल्फुटारदेखि बुढानीलकण्ठ मन्दिर परिसरसम्म पदयात्रा गरि बाटोमा कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन सचेत गराउँदै मास्क वितरण गरेको छ । कोरोनाबाट बच्न देशभर सबैतिर बिभिन्न तहबाट साबधानी अपनाइरहँदा कम्युनिटी केयरले स्थानीय स्तरमा सचेतना कार्यक्रम गरेको हो ।

बजारमा मास्कको अभाब भए पश्चात बुढानीलकण्ठ नगरपालिकामा मास्क वितरण गर्दै कोरोनाबाट जोगिने जनचेतना जगाउनु कार्यक्रमको प्रमुख उदेश्य रहेको संस्थाका सचिव शम्भु कार्कीले बताए । 

संस्थाका अध्यक्ष बिजेन्द्र श्रेष्ठले गोल्फुटारबाट बुढानीलकण्ठसम्म पदयात्रा गर्दै तीन हजार थान मास्क वितरण गरिएको उल्लेख गर्दै अब मास्क वितरण कार्यक्रम नगरपालिकाको १०, ११, १२ र १३ वडामा समेत गरिने जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ