arrow

सीमा रक्षक शहीद गोविन्द गौतमकी ममतामयी आमाको निधन

logo
किशोर तमाङ्ग, 
प्रकाशित २०७६ चैत ९ आइतबार
govinda-gautam-aama.jpg

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित आनन्द बजारमा देशको सीमा रक्षाका लागि भारतीय एसएसबीको गोली लागेर मृत्यु भएका शहीद गोविन्द गौतमकी ममतामयी आमाको निधन भएको छ ।

स्वास्थ्यमा गडबड देखिएपछि केही दिन अघिदेखि बिरामी भएर नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचारार्थ रहेकी शहीद गौतमकी आमा हरिदेवी गौतमको शनिबार राति निधन भएको हो ।

बिहीबार अस्पतालबाट डिस्चार्ज भएर घर ल्याएकी शहीद गौतमकी आमा हरिदेवी गौतमको राति ८ बजे आफ्नै निवासमा निधन भएको हो । 

आइतबार बिहान १० बजे शव यात्रा निकाली अन्त्येष्टि गरिने सीमा संघर्ष समिति पुनर्वासका संयोजक चन्द्रमणि गैरेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ