arrow

चुनावको बेलामा टिसर्ट बाँडेका कांग्रेस प्यूठानका कार्यकर्ताले बाँडे मास्क

जनचेतना जगाउन घरघरमा सारङ्गीवादक गन्धर्वसमेत परिचालित

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
corona-mask-help.jpg

बरौला । नेपाली कांग्रेस ऐरावती प्यूठानले कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि ऐरावती गाउँपालिकाको स्वास्थ्य शाखालाई एक हजार मास्क हस्तान्तरण गरेको छ ।

नेपाली कांग्रेस ऐरावती गाउँपालिकाका सभापति नारायण ज्ञवालीले बजारमा माक्सको कालोबजारी भईरहेको भन्दै आफुहरुले निःशुल्क माक्स वितरणको कार्य शुरु गरेको बताए । 

ऐरावती गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत सचेत रहन आग्रह गर्दै माक्स वितरण गरिएको उनले बताए । चुनाबका बेला निःशुल्क टिर्सट बाँड्ने गरेको स्मरण गर्दे सभापती ज्ञवालीले विपतका बेलामा मास्क बाँडेको बताए । 

कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाहले पहिला स्वास्थ्य संस्था र त्यहाँ कार्यरत कर्मचारीहरुलाई सचेत र तयारी रहन आग्रह गर्दै उनीहरुबाटै ऐरावती गाउँपालिकाका सबै बस्तिहरुमा कोरोना भाइरसको प्रकोप सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरिरहेको बताए । 

अध्यक्ष शाहले कोरोना भाइरस सम्बन्धि गीत र सारङगी मार्फत गन्धर्ववहरु परिचालन गरेर ऐरावती गाउँपालिकाका बस्तिहरुमा सचेतना सन्देश दिइएको जानकारी दिए । 

अध्यक्ष शाहले अन्य देशका जनता बिरामी पर्दा अस्पताल जाने गरेको तर नेपालका जनता बिरामी पर्दा उल्टै अस्पतालबाट भाग्ने गरेको भन्दै अस्पतालमा सुरक्षाको अनुभूति गराउन सरकारसँग माग गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ