arrow

काठमाडौबाट पाल्पा जानेका लागि नि:शुल्क बस

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
rampur4.jpg

 पाल्पा । पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले कोरोना संत्रासपछि काठमाडौँबाट पाल्पा रामपुर घर फर्किन चाहनेहरुका लागि नि:शुल्क बसको व्यवस्था गरेका छन् । 

नगर प्रमुख थापाले आइतबार बेलुकासम्म सम्पर्क गरेर घर जान चाहनेहरुका लागि बसको व्यवस्था गरेको बताएका छन्। मेयर थापा यतिबेला आफै काठमाडौ पुगेर बस व्यवसायी संगको समन्वयमा सोमबार बिहान छुट्ने गरि २ वटा बसको व्यवस्था गरेका हुन्। 

उनले घर फर्किन चाहानेहरुले ९८४७४५५६११ र ९८६०१६९३२५ मा सिधै फोन गरेर नाम टिपाउने र तोकिएको ठाउमा पुग्न आग्रह गरेका छन् । थापाले आफ्नो नगरका जनताहरुलाई घर जान सहज होस् भन्दै नि:शुल्क गाडीको व्यबस्था गरिएको जानकारी दिए  । उनले नगरको पश्चिम नाका वडा नम्बर १० सम्म नै गाडी जाने व्यवस्था मिलाइएको बताए ।

नगरपालिकामा कोरोना संक्रमित व्यक्तिहरु नछिरुन भन्नका लागि रामपुर नगरपालिकाको सवै नाकामा हेल्प डेस्क राखेर सवैको स्वास्थ्य  परिक्षणको व्यवस्था मिलाइएको बताउदै थापाले कुनै व्यक्तिमा शंका लागेको खण्डमा अस्पताल रिफर गर्ने व्यवस्था पनि मिलाइएको बताए । नगरपालिका भरी जनचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गरिएको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ