arrow

भद्रपुरका एक व्यक्ति घरमै बसे‘सेल्फ क्वारेन्टाइन’मा

logo
रासस,
प्रकाशित २०७६ चैत ९ आइतबार
corona-check-up.jpg

व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति (पुरुष) आजदेखि घरमै स्वनिगरानी (क्वारेन्टाइन)मा बसेका छन् । निगरानीमा बस्ने कार्यको जनस्वास्थ्य कार्यालयले प्रशंसा गर्दै उनलाई प्राविधिक सहयोग पुर्‍याएको छ । 

भद्रपुर नगरपालिका–६ का ३७ वर्षीय ती व्यक्ति शनिवार काठमाडौँबाट विराटनगर विमानस्थल हुँदै घर फर्किएका थिए । उनले घरमा पुगे लगत्तै नगरपालिकाको विपद् व्यवस्थापन समितिमा सम्पर्क गरेर आफूले ‘सेल्फ क्वारेन्टाइन’मा बस्न चाहेको बताएका थिए । 

आज जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाई र विपद् व्यवस्थापन समितिको स्वास्थ्यकर्मीसहितको टोली उनको घरमा पुगेको थियो । उनको स्वास्थ्य सामान्य रहेको बताउँदै अधिकृत चौलागाईँले भने, “सचेत व्यक्ति हुनुहुँदोरहेछ, आफैँ सम्पर्क गरेर सेल्फ क्वारेन्टाइनमा बस्छु भने र हामीले उनकै घरको एक कोठामा आवश्यक सामान जुटाएर उनलाई राख्यौँ ।”

उन २० दिनअघि व्यक्तिगत कामले थाइल्याण्ड जानुभएको थियो । उनलाई समितिले तयार गरेको वडा नं ८ मा रहेको कलबलगुढी क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि आफैँ घरमा बस्ने इच्छा व्यक्त गरेपछि घरमै बस्ने वातावरण तयार गरिएको अधिकृत चौलागार्इँले बताए । उनको स्वास्थ्य नियमित परीक्षण गरिने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ