arrow

 व्यापक दबाबपछि बुद्धले घटायो भाडाको अधिकतम् सीमा, श्रीले शनिवारबाटै घटायो

मन्त्रीको आग्रहलाई समेत स्वीकारे वायुसेवा सञ्चालकले

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
buddha-air-fare.jpg

काठमाडौं। नागरिकस्तरबाट व्यापक दबाब परेपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ। काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासोसँगै जनस्तरबाट व्यापक दबाब बढेसंगैपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ।

काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासो बढेपछि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पनि शनिबार वायुसेवा सञ्चालकहरुलाई बोलाएर तत्काल भाडादर पुनर्विचार गर्न अनुरोध गरेका थिए। सर्वसाधारणले त बिभिन्न ठाउँमा प्रदर्शन नै गरेका थिए भने मन्त्रीको भूमिका माथि समेत प्रश्न उठाएका थिए।

चौरतिरबाट दबाब परेपछि बुद्ध एयरले आइतबार सूचना प्रकाशन गरेर आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको जानकारी दिएको छ। यद्यपी यसलाई लामो दुरीको बस सञ्चालन नभएसम्म गर्ने बुद्धले जनाएको छ।

सरकारले चैत १० गतेदेखि २१ सम्मका लागि लामो दूरीका सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरीसकेको छ। अब यात्रुका लागि घर फर्किने एकमात्रै माध्यम हवाई भएकोले भाडाको सीमा घटाइएको बुद्धले जनाएको छ। शनिबार नै श्री एयरलाइन्सले पनि भाडाको सीमा घटाएको थियो।

शनिबार मन्त्रालयमा वायुसेवा सञ्चालकहरुलाई बोलाएर मन्त्री भट्टराईले आन्तरिक ट्रंक रुटमा लिँदै आएको अधिकतम् सीमाका २ वटा ‘स्लयाव’ का हवाई भाडा हटाई सोभन्दा कमको भाडादरलाई अधिकतम् सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्ने अनुरोध गरेका थिए।

हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर काम गर्नुपर्ने सामाजिक उत्तरदायित्वको बारेमा पनि मन्त्रीले सञ्चालकहरुलाई सम्झाएका थिए।

मन्त्रीको अनुरोधपछि आन्तरिक वायुसेवा सञ्चालकहरुले यात्रु बढेपछि अधिकतम् भाडा लिएको स्वीकार्दै भाडादर पुनर्विचार गर्न सहमति जनाएको पर्यटन मन्त्रीको सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ