arrow

कोरोना : धनुषा र महोत्तरीका प्रशासनिक कार्यालय २१ गतेसम्मका लागि बन्द

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ चैत ९ आइतबार
coronavirus-hamrakuras1.jpg

धनुषा । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन धनुषा र महोत्तरीका प्रशासनिक कार्यालय तथा सेवाहरु चैत २१ गतेसम्मका लागि बन्द गरिएका छन् ।

नेपाल सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय धनुषा, यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय महोत्तरीको समेत दैनिक रुपमा सम्पादन हुँदै आएका सेवाग्राहीसँग प्रत्यक्षरुपमा जोडिएका सम्पूर्ण कार्यहरु तत्कालका लागि बन्द गरिएको सरोकारवालले जनाएका छन ।

नेपालमा सम्भावित संक्रमणको अवस्थालाई न्यूनिकरण गर्न चैत ९ गतेदेखि २१ गतेसम्मका लागि अत्यावाश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको छ ।  सम्बिन्धत जिल्ला प्रशासन कार्यालयहरुले सूचना टाँसेर जनाएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले अत्यावश्यक सेवा बाहेक सबै कार्य प्रवाह चैत  २१ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिए ।
 
यता,महोत्तरीको जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा, ठाडो उजुरी र मुद्दा सम्बन्धी अभियोगपत्र दर्ता, बयान र थुनछेक, पक्राउपुर्जी अनुमति र जरुरी पुर्जीको समर्थन, म्याद थप एवं रकम तिरि कैदबाट छाड्न निवेदनहरुमा सुनुवाई बाहेकका यस कार्यालयबाट दिने सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ