arrow

जर्मनीमा रहेका नेपालीलाई सहयोग गर्न जनसम्पर्क समितिले बनायो योजना

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
nepali-public-coordination-commitee,-germany.jpg

जर्मनी। जर्मनीमा शिक्षा आर्जन गर्न आएका बिद्यार्थी र औपिअरमा आएका बहिनीहरुलाई कोरोना भाइरसको विश्वव्यापी महामारीको समयमा पर्ने खान, बस्न लगायतका अप्ठ्यारोमा सहयोग गर्न नेपाली जनसम्पर्क समिती अगाडी आएको छ।

समितिले सहयोगको लागी हरेक शहरमा उद्वार समिती गठन गरि तयारी अबस्थामा रहेको जानकारी गराएको छ। समितिले विज्ञप्ती निकाली बिना हिचकिचाहट सहयोगको लागि सम्पर्क गर्न अनुरोध गरेको छ।

केहि दिन देखि जर्मनीमा पनि  कोरोना भाईरसको संक्रमणको प्रकोपमा बृहत रूपमा फैलिएको समाचारहरु आईरहदा जर्मनिमा रहने नेपालीहरु कसैलाई पनि आजसम्म कोरोना भाईरसको संक्रमण भएको खबर नआएको जनसम्पर्क समिति जर्मनीले जानकारी गराएको छ। साथै समितिले आफ्नो समेत तयारी गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ