arrow

व्यवसायी सेल्फ क्वारेन्टाइनमा

logo
रासस,
प्रकाशित २०७६ चैत ९ आइतबार
busienss.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधनका क्रममा आइतबारदेखि विशेष सतर्कता अपनाउने आग्रह गरेसँगै व्यवसायी सेल्फ क्यारेन्टाइनमा बस्ने भएका छन्। सरकारले नै विशेष सतर्कता अपनाउन आग्रह गरेसँगै व्यवसायीले व्यापारिक गतिविधि रोक्ने निर्णय गरेको बताएका छन्। व्यवसायी सङ्घहरुले आफूमातहतका व्यवसायीलाई यही चैत २१ गतेसम्म सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्।

राष्ट्रिय व्यापार सङ्घ तथा नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घले आज विज्ञप्ति जारी गर्दै आफू निकटका व्यवसायीलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रहका साथ विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। व्यापार सङ्घले जारी गरेको विज्ञप्तिमा चैत ९ देखि २१ गतेसम्म आफ्ना सदस्य व्यवसायीलाई सरकारको निर्देशनानुसार आफ्नो सुरक्षाका लागि सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आफू सुरक्षित रही अरुलाई समेत सुरक्षित गराउन आग्रह गरिएको छ।

जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घको विज्ञप्तिमा कोरोना भाइरसको महामारीबाट बच्न सम्पूर्ण उद्योगीव्यवसायीलाई सतर्क भई नेपाल सरकारले तोकेको समयावधिसम्म आआफ्नो व्यापारव्यवसाय तथा उद्योगकलकारखाना बन्द गरी अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरसफाइमा विशेष ध्यान दिन भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ