arrow

काठमाडौं १६ वडाको १७ सार्वजनिक स्थानमा हातधुने सावुन र पानीको व्यवस्था

१६ वडा कार्यालय र प्रहरीको संयुक्त प्रयास

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
corona-hand.jpg

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १६ र महानगरीय प्रहरी वृत्त लैनचौर तथा बालाजु, महानगरीय ट्राफिक प्रहरी बृत्त साेह्रखुट्टे र महानगरीय ट्राफिक प्रहरी प्रभाग बालाजुको संयुक्त प्रयासमा वडाभर नै साबुनपानीले हात धुने तथा सरसफाईबारे सर्वसाधारणलाई जानकारी दिने प्रयास सुरु गरिएको छ ।

कोरोनाको डरले त्रसित जनतालाई साबुन पानीले हात धुने तरीका सिकाउँदै कोरोनाबारे नआत्तिन तर सचेत बन्न जानकारी गराइएको वडाअध्यक्ष मुकुन्द रिजालले बताए ।

कोरोना भाइरसको सङ्क्रमण धेरै भएका स्थानमा शरीर छोप्ने कपडा लगाएका मानिसले खेलस्थल, सडक र सार्वजनिक स्थलहरूमा भाइरस मार्ने औषधि वडामा छर्किरहेका छन्। कार्यालय, अस्पताल, पसल र भोजनालयहरूमा सफा गर्ने क्रम बढेको छ। भाइरसबारे सावधानी अपनाउन समुदाय प्रहरी साझेदारी अन्तर्गत नागरिकलाई सेवा दिन हातेमालो गरिएको महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख सन्तोष सिंह राठौरले बताए ।

वडाको १७ स्थानमा ट्याङ्की र साबुनपानीको व्यवस्थापन गरिएको छ । वडाका बालाजु चोक, माछापोखरी चोक , बाइसधारा प्रवेशद्वारा, वनस्थली चोक, एराहीटी, खरीको बोट, बोहराटार, माइक्रो स्टेसन , मैह्पी, कुमारीक्लब, ठमेल काठमाडौं गेस्ट हाउससँगै, क्षेत्रपाटी चोक, बालाजु नानक मठ प्रवेशद्वारा लगायतका स्थानमा भोलि सम्ममा सरसफाईका लागि ट्यांकी र साबुन पानी राखिने वडा अध्यक्ष  रिजालले बताए । उनले अभियानमा सहयोग पुर्याउनुहुने सम्पुर्णलाई धन्यवाद दिँदै वडा भित्र अन्य स्थानमा पनि हातधुने ब्यवस्थापन गर्न आवश्यक परे वडा कार्यलयमा सम्पर्क गर्न अनुरोध गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ