arrow

प्रदेश १ का जनताको स्वास्थ्यको जिम्मेवारी सरकारले लिने

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
cm_rai_1.jpg

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङ्गको टाँडीमा निर्माण भएको क्वारेन्टाईनको स्थलगत निरीक्षण गरेका छन्। आइतबार क्वारेन्टाईन स्थल पुगेर मुख्यमन्त्री राईले क्वारेन्टाईनको निरीक्षण गरेका हुन् । प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा टाँडीमा दुई सय वेडको क्वारेन्टाईन केही दिन अगाडि निर्माण भएको थियो । 

क्वारेन्टाईनस्थलको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेशका जनताको सुरक्षामा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । मुख्यमन्त्री राईले प्रदेशबासी जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताए । 

मुख्यमन्त्री राईले कोरोना नियन्त्रण गर्न प्रदेश अन्तर्गतका भारतसँग सीमा जोडिएका साना नाकाहरु आइतबारबाट बन्द गरेको जानकारी दिनुभयो । साथै ठूला नाकाहरुमा आवागमनमा कडाई गर्ने जानकारी दिदै त्यहाँको चेकपोष्टहरुलाई कडाई तथा प्रभावकारी बनाउने बताए ।

प्रदेश सरकारले कोभिड –१९ नियन्त्रणका सम्वन्धमा कार्य योजना बनाएर सार्वजनिक गरेको उनले जानकारी दिँदै यसको कार्यान्वयन तीव्र गतिमा भइरहेको बताए ।

प्रदेशमा निर्माण हुने ५० शैय्याको आइशोलेशन वार्डको निर्माण एक हप्ता भित्रमा सम्पन्न गर्न तीव्र गतिमा  काम भइरहेको मुख्यमन्त्री राईले जानकारी दिए । उनले  आइतबार बसेको सुरक्षा समितिको बैठकमा विराटनगरको रानी तथा कांकरभिट्टा नाकालाई व्यवस्थित र चेकजाँचमा कडाइ गर्ने निर्णय गरिएको बताउदै  तेश्रो देशका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको बताए ।

प्रदेशका नागरिकलाई कोभिड–१९ को सङ्क्रमणबाट बचाउन उच्च प्राथमिकतामा  राखिएको र प्रदेशका  आवश्यक्ता अनुसार क्वारेन्टाइन र आइशोलन वार्ड निर्माण गरिएको बताए । 
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ