arrow

के कति फ्लाइट हुँदैछन् त्रिभुवन विमानस्थलबाट सोमबार ?

logo
प्रकाशित २०७६ चैत १० सोमबार
airport-ktm-tia.jpg

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका लागि सरकारले सेमि–लकडाउन गरेको छ। यो अनुसार अत्यावश्यक बाहेकका सार्वजनिक लगायत निजी कार्यालय बन्द रहेका छन्। लामो दूरीका सार्वजनिक सवारी साधन बन्द भएका छन्। हवाइ यात्रा पनि प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी नायव उपरीक्षक दिनेश घिमिरेका अनुसार सोमबार आन्तरिक उडान नियमित छन्। सोमबार ९६ वटा फ्लाइटको व्यवस्था रहेको उनले बताएका छन्। बिहानी काउन्टर खुलिसकेका छन्। केही बेरमा फ्लाइट हुने उनले बताए। अन्तर्राष्ट्रियतर्फ ४–४ वटा फ्लाइट रहेका छन्।

आगमन ४ र ४ वटा प्रस्थान हुने उपरीक्षक घिमिरेले बताए। कोरोना भाइरसको संक्रमण रोक्न दुवैतर्फ हेल्थ डेस्क स्थापना भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ