arrow

मोटरसाइकल चालकको दुर्घटनामा मृत्यु, ट्रक र चालक नियन्त्रणमा 

logo
प्रकाशित २०७६ चैत १० सोमबार
accident-final.jpeg

हेटौंडा । हेटौँडा १० मा आइतबार राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए ।

 मृतकको शव  हेटौँडा अस्पतालमा राखिएको र मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा ना २ ख ९३३६ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ